तपाईंको पास्टरलाई आशीर्वाद दिनुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तपाईंको पास्टरलाई आशीर्वाद दिनुहोस्

१ तिमोथी 5 : 17
17 मण्‍डलीको असल रेखदेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌।

हिब्रू 13 : 17
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्‌। यो काम तिनीहरूले आनन्‍दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्‍यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।

गलाती 6 : 6
6 वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।

१ थेसलोनिकी 5 : 12 – 13
12 तर भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछौं, कि तिमीहरूका माझमा परिश्रम गर्नेहरू, जो प्रभुमा अगुवाहरू हुन्‌ र तिमीहरूलाई चेताउनी दिन्‍छन्, तिनको आदर गर,
13 र तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस।

१ कोरिन्थी 9 : 14
14 त्‍यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन्‌ भनी प्रभुले आज्ञा दिनुभयो।

१ कोरिन्थी 9 : 11
11 यदि हामीहरूले तिमीहरूका माझमा आत्‍मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्‍पत्तिको कटनी गर्‍यौ भने, के त्‍यो अति भयो र?

फिलिप्पी 1 : 7 – 11
7 तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ।
8 किनकि परमेश्‍वर मेरा साक्षी हुनुहुन्‍छ, कि कसरी ख्रीष्‍ट येशूको प्रेमले म तिमीहरू सबैका निम्‍ति तृष्‍णा गर्दछु।
9 मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्‍तर्दृष्‍टिमा तिमीहरूको प्रेम झन्‌-झन्‌ प्रशस्‍त हुँदैजाओस्,
10 यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्‍टको दिनको निम्‍ति शुद्ध र दोषरहित रहन सक।
11 परमेश्‍वरका महिमा र प्रशंसाको निम्‍ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।

फिलिप्पी 1 : 3 – 5
3 तिमीहरूप्रतिका मेरा सबै सम्‍झनामा म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु।
4 तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु,
5 कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

गन्ती 6 : 24 – 26
24 परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।
25 परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌।
26 परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’

१ पत्रुस 3 : 15
15 तर ख्रीष्‍टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्‍यसको जवाफ दिन सधैँ तत्‍पर बस, तर त्‍यो काम नम्रता र श्रद्धासाथ गर।

रोमी 15 : 13
13 आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *