डेडान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डेडान

उत्‍पत्ति 10 : 7
7 कूशका छोराहरू: सेबा, हवीला, सब्‍ता, रामाह, र सब्‍तका। रामाहका छोराहरू: शेबा र ददान।

१ इतिहास 1 : 9
9 कूशका छोराहरू: सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका। रामाका छोराहरू: शेबा र ददान।

उत्‍पत्ति 25 : 3
3 योक्षान शेबा र ददानका पिता भए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू थिए।

१ इतिहास 1 : 32
32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान।

यर्मिया 49 : 8
8 हे ददानमा बस्‍ने हो, फर्क र भाग। गहिरा गुफाहरूमा लुक, किनभने म एसावलाई दण्‍ड दिने बेलामा त्‍यसमाथि दु:ख ल्‍याउनेछु।

इजकिएल 25 : 13
13 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मेरो हात एदोमको विरुद्धमा उठाउनेछु, र त्‍यसका मानिसहरू र पशुहरूलाई मार्नेछु। म त्‍यसलाई उजाड़ पार्नेछु, र तेमानदेखि ददानसम्‍मै तिनीहरू तरवारले ढल्‍नेछन्‌।

इजकिएल 27 : 15
15 “‘रोडसका मानिसहरूले तँसित व्‍यापार गरे, र समुद्र-किनारका धेरै देशहरू तेरा आफ्‍नै ग्राहक भए। तिनीहरूले तँलाई हात्तीका दाँत र अब्‍नुसको काठ दाम स्‍वरूप दिए।

इजकिएल 38 : 13
13 शेबा र ददान तर्शीशका व्‍यापारीहरू र त्‍यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्‌नलाई आएको होस्‌? के लूटका माल हात पार्न, सुनचाँदी लैजान, गाईबस्‍तु, मालसामान जफत गर्न, दामी-दामी लूटका सामान जम्‍मा गर्न के तैंले आफ्‍ना सैन्‍य-दलहरू भेला गरेको होस्‌’?”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *