यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ठाउँ बाहिर महसुस गर्दै
फिलिप्पी 2 : 1 – 11
1 यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने,
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर।
3 स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।
4 तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
6 परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
8 स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।
9 त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ,
10 कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
हिब्रू 11 : 13 – 16
13 प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए।
14 यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ।
15 जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो।
16 तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ।
Leave a Reply