अचबोर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अचबोर

उत्‍पत्ति 36 : 39
39 अक्‍बोरका छोरा बाल-हानानको मृत्‍युपछि हददले उनको सट्टामा राज्‍य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्‌।

१ इतिहास 1 : 49
49 शौल मरेपछि अक्‍बोरका छोरा बाल-हानान राजा भए।

२ राजाहरू 22 : 14
14 यसैले पूजाहारी हिल्‍कियाह, अहीकाम, अक्‍बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्‍भाका छोरा शल्‍लूमकी पत्‍नी अगमवादिनी हुल्‍दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्‍थिन्‌।

२ इतिहास 34 : 20
20 तिनले हिल्‍कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्‍दोन, [1] सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्‍नै निम्‍ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्‍ति त्‍यस पुस्‍तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे।

यर्मिया 26 : 22
22 तापनि यहोयाकीमले मिश्रदेशमा अक्‍बोरको छोरो एल्‍नातान र त्‍यसका साथमा केही मानिसहरूलाई पठाए।

यर्मिया 36 : 12
12 तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्‍यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्‍बोरका छोरा एल्‍नातान, शापानका छोरा गमर्याह र हनन्‍याहका छोरा सिदकियाह बसिरहेका थिए।

यर्मिया 36 : 25
25 एल्‍नातान, दलायाह र गमर्याहले राजालाई त्‍यो पत्रको मुट्ठो नजलाउनुहोस्‌ भनी बिन्‍ती गर्दा पनि तिनले तिनीहरूको कुरामा ध्‍यानै दिएनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *