यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झगडा
उत्पत्ति 13 : 8
8 यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं।
उत्पत्ति 45 : 24
24 अनि तिनले आफ्ना दाजुभाइहरूलाई बिदा गरे। बिदा हुँदा तिनले उनीहरूलाई भने, “बाटोमा झगड़ा नगर।”
व्यवस्था 1 : 12
12 तर म कसरी तिमीहरूका समस्याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्न सक्छु र?
भजनसंग्रह 31 : 20
20 तपाईंका उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्यन्त्रबाट तपाईंले लुकाउनुहुन्छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ।
भजनसंग्रह 55 : 9
9 हे परमप्रभु, दुष्टहरूका योजनाहरू नष्ट गरिदिनुहोस्। तिनीहरूको भाषा खलबल्याइदिनुहोस्, किनकि म सहरमा हिंसा र झगड़ा देख्तछु।
भजनसंग्रह 80 : 6
6 तपाईंले हामीलाई छिमेकीहरूका लागि झगड़ाको स्रोत तुल्याउनुभएको छ, र हाम्रा शत्रुहरूले हामीलाई गिल्ला गर्छन्।
हितोपदेश 3 : 30
30 विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन।
हितोपदेश 6 : 14
14 आफ्नो छली हृदयमा त्यसले दुष्ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्न गराउँछ।
हितोपदेश 6 : 19
19 असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।
हितोपदेश 10 : 12
12 घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ
हितोपदेश 13 : 10
10 घमण्डले केवल झगड़ा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ।
हितोपदेश 15 : 18
18 गरम मिजासको मानिसले कलह मच्चाउँछ, तर धैर्यवान् मानिसले झैँझगड़ा शान्त गराउँछ।
हितोपदेश 16 : 28
28 कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ, र कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
हितोपदेश 17 : 1
1 शान्ति र मौनसाथ निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
हितोपदेश 17 : 14
14 कलह सुरु हुनु बाँध भत्किनुजस्तो हो, त्यसैले वाद-विवाद चर्किनुभन्दा अघि नै त्यसलाई बन्द गर।
हितोपदेश 17 : 19
19 कलह रुचाउनेले पाप रुचाउँछ। अग्लो द्वार बनाउनेले सत्यनाश निम्त्याउँछ।
हितोपदेश 18 : 6
6 मूर्खका ओठले आफैमाथि कलह ल्याउँछन्, र त्यसको मुखले पिटाइ निम्त्याउँछ।
हितोपदेश 18 : 19
19 किल्लाबन्दी गरिएको सहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह्रो हो, र कलहहरूचाहिँ आग्लो लाएको किल्लाका ढोकाहरूजस्तै हुन्।
हितोपदेश 19 : 13
13 मूर्ख छोरा त्यसका बुबाको लागि सर्वनाश हो, र मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो।
हितोपदेश 20 : 3
3 कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ।
हितोपदेश 21 : 19
19 झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस।
हितोपदेश 22 : 10
10 गिल्ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्छ, कलह र अपमान टुङ्गिन्छन्।
हितोपदेश 23 : 30
30 तिनीहरूकै जो मद्यमै भुलिरहन्छन्, जुनहरू मिश्रित मद्यको प्याला चाख्न जान्छन्।
हितोपदेश 25 : 8
8 तेरो आँखाले जे देखेको छ, त्यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्त्यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्यो भने?
हितोपदेश 25 : 24
24 झगड़िया पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस।
हितोपदेश 26 : 17
17 आफूसँग असम्बन्धित झगड़ामा हस्तक्षेप गर्ने बटुवा, र कुकुरको कान पक्रने व्यक्ति एउटै हो।
हितोपदेश 26 : 21
21 भुङ्ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ कलह सल्काउनका निम्ति झगड़िया मानिस हुन्छ।
Leave a Reply