ज्योतिष

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ज्योतिष

यशैया 47 : 13
13 तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।

यर्मिया 10 : 2
2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।

दानिएल 1 : 20
20 राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्‍न सोध्‍थे, अधिराज्‍यभरका जादूगरी र मन्‍त्रतन्‍त्र गर्नेहरूभन्‍दा तिनीहरूलाई दश गुणा असल भेट्टाए।

दानिएल 2 : 27
27 दानिएलले जवाफ दिए, “महाराजाले सोध्‍नुभएको रहस्‍यको कुरा कुनै पनि ज्ञानी पुरुष, मन्‍त्रतन्‍त्र गर्ने, जादूगर वा जोखना हेर्नेले बताउन सक्‍दैन,

दानिएल 4 : 7
7 जब जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेहरू आए, मैले उनीहरूलाई सपना बताएँ, तर उनीहरूले मलाई त्‍यसको अर्थ बताउन सकेनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *