यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जैतून, माउन्ट अफ
२ राजाहरू 23 : 13
13 यरूशलेमको पूर्वपट्टि भ्रष्ट पारिएको डाँड़ाको दक्षिणपट्टि भएका अल्गा-अल्गा ठाउँहरू, जुनहरू इस्राएलका राजा सोलोमनले सीदोनीहरूको घिनलाग्दो देवी अश्तोरेत, मोआबको घिनलाग्दो देवता कमोश र अम्मोनका मानिसहरूको घृणित देवता मोलोखका निम्ति बनाएका थिए, ती पूजा-थानहरू पनि तिनले अपवित्र तुल्याइदिए।
२ शमूएल 15 : 30
30 जैतून डाँड़ाको उकालोमा जाँदा दाऊद रोए। तिनले शिर ढाकेका थिए, र नाङ्गो खुट्टाले हिँड़ेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँड़े।
मत्ती 21 : 1
1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
मर्कूस 11 : 1
1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको छेउमा बेथफागे र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
लूका 19 : 29
29 जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
लूका 19 : 37
37 उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे,
मत्ती 24 : 3
3 येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?”
मत्ती 26 : 30
30 एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो।
मर्कूस 13 : 3
3 अनि उहाँ मन्दिरको सामुन्ने जैतून डाँड़ामा बस्नुहुँदा पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे,
मर्कूस 14 : 26
26 अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।
लूका 21 : 37
37 येशूले दिउँसो मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र रातीचाहिँ निस्केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्थ्यो।
लूका 22 : 39
39 बाहिर निस्केर सदाझैँ उहाँ जैतून डाँड़ामा जानुभयो, र उहाँका चेलाहरू पनि पछिपछि लागे।
प्रेरित 1 : 12
12 तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ।
Leave a Reply