यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेलोफेद
गन्ती 27 : 11
11 त्यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्दा नजिकको साइनो पर्नेलाई त्यसको उत्तराधिकारी बनाइदिनू, र त्यसले त्यो आफ्नो हकमा लेओस्। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्ति धर्म-विधान होस्’।”
गन्ती 36 : 13
13 यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्।
यहोशू 17 : 6
6 किनभने मनश्शेका छोरीहरूले पनि तिनका छोराहरूकै बीचमा भाग पाएका थिए। गिलाद देशचाहिँ मनश्शेका बाँकी सन्तानहरूको भागमा पर्यो।
१ इतिहास 7 : 15
15 माकीरले हुप्पी र शुप्पीहरूकी एउटी केटीलाई विवाह गरे। माकीरकी बहिनीको नाउँ माका थियो। तिनका अर्का सन्तानको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए।
Leave a Reply