जेरुसेलम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेरुसेलम

यहोशू 18 : 28
28 सेलाह, एलेप, यबूसी सहर (अर्थात्‌ यरूशलेम), गिबा र किर्यत। तिनीहरूका बस्‍तीहरूसमेत चौध सहरहरू हुन्‌। बेन्‍यामीनका सन्‍तानको अधिकार तिनीहरूका वंशका निम्‍ति यही हो।

न्यायकर्ताहरू 19 : 10
10 तर ती मानिस त्‍यो रात बस्‍न मानेनन्‌। तिनी उठेर हिँड़िहाले, र आफ्‍ना भारी लादेका दुई गधा र आफ्‍नी उपपत्‍नीसँग यबूस, अर्थात्‌ यरूशलेमतिर गए।

१ राजाहरू 8 : 1
1 तब सोलोमनले इस्राएलका धर्म-गुरुहरू, र कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्‍य-मुख्‍य व्‍यक्तिहरूलाई दाऊदको सहर, अर्थात्‌ सियोनबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई यरूशलेममा जम्‍मा हुनलाई बोलाए।

जकरिया 9 : 13
13 म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्‍यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्‍याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्‍याउनेछु।

२ शमूएल 5 : 7
7 तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले।

यशैया 22 : 9
9 तिमीहरूले दाऊदको सहरका सुरक्षित पर्खालहरूमा धेरै प्‍वालहरू रहेछन्‌ भनी देख्‍यौ। तिमीहरूले तल्‍लो पोखरीमा पानी जम्‍मा गर्‍यौ।

उत्‍पत्ति 14 : 18
18 अनि शालेमका [2] राजा मल्‍कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए।

भजनसंग्रह 76 : 2
2 शालेममा उहाँको वासस्‍थान, उहाँको बस्‍ने ठाउँ सियोनमा छ।

यशैया 29 : 1
1 तँलाई धिक्‍कार! अरीएल, अरीएल, सहर जहाँ दाऊदले बसोबास गर्थे। वर्षमाथि वर्ष थप्‍दै जाओ र चाड़हरू फेरो मार्दैआऊन्‌।

भजनसंग्रह 46 : 4
4 एउटा नदी छ, जसका प्रवाहले परमेश्‍वरको नगर, अर्थात्‌ सर्वोच्‍च वास गर्नुहुने पवित्र स्‍थानलाई हर्षित तुल्‍याउँछ।

भजनसंग्रह 48 : 2
2 उहाँको पवित्र पर्वत आफ्‍नो उचाइमा मनोहर छ, सारा पृथ्‍वीको लागि त्‍यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान्‌ राजाको नगर।

२ इतिहास 25 : 28
28 त्‍यसपछि तिनीहरूले तिनको लाश घोड़ामाथि बोकाएर यरूशलेममा ल्‍याए। तिनी त्‍यहाँ आफ्‍ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए।

विलाप 2 : 15
15 तेरो छेउबाट भएर जानेहरू सबैले तँलाई खुच्‍चिङ गरेर ताली बजाउँछन्‌। यरूशलेमकी छोरीको विरुद्धमा खिसी गरेर तिनीहरू शिर हल्‍लाउँछन्‌: “के यो त्‍यही सहर हो, जो ‘परम सुन्‍दरी’ र ‘सारा पृथ्‍वीको आनन्‍द’ भनी कहलाइन्‍थ्‍यो?”

यर्मिया 3 : 17
17 त्‍यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्‌। हठी भएर आफ्‍ना मनका दुष्‍ट कुराहरूमा तिनीहरू फेरि कहिल्‍यै लाग्‍नेछैनन्‌।

दानिएल 9 : 16
16 हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्‍नो क्रोध र रीस हटाउनुहोस्‌। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्‍लाका पात्र बनेका छन्‌।

दानिएल 9 : 20
20 जसै म बोल्‍दै र प्रार्थना गर्दै, मेरो आफ्‍नै पाप र मेरा इस्राएली जातिको पाप स्‍वीकार गर्दै र उहाँको पवित्र डाँड़ाको लागि परमप्रभु मेरा परमेश्‍वरसँग बिन्‍ती गर्दैथिएँ—

नहेम्‍याह 11 : 1
1 प्रजाका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दश जनामध्‍ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, र बाँकी नौ जनालाई चाहिँ आफ्‍नै सहरमा बस्‍नुपर्नेथियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *