जेबुसाइटहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेबुसाइटहरू

व्यवस्था 7 : 1
1 जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असंख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ,

उत्‍पत्ति 15 : 21
21 एमोरी, कनानी, गिर्गाशी र यबूसीहरूका देशहरू दिएको छु।”

प्रस्‍थान 3 : 8
8 यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्‍यस देशबाट एक असल र ठूलो देश, अर्थात्‌ दूध र मह बग्‍ने देश— कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका देशमा ल्‍याउनलाई म ओर्लिएको छु।

प्रस्‍थान 3 : 17
17 मैले तिमीहरूलाई मिश्रको कष्‍टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्‍ने देशमा लैजाने निश्‍चय गरेको छु’।”

प्रस्‍थान 23 : 24
24 उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार।

व्यवस्था 20 : 17
17 तर परमप्रभु तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू।

प्रस्‍थान 33 : 2
2 म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई धपाउनेछु।

प्रस्‍थान 34 : 11
11 जुन आज्ञा आज म तँलाई दिँदैछु, त्‍यो तैंले पालन गर्‌। हेर्, म तेरो सामुन्‍नेबाट एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्‍वी, र यबूसीहरूलाई धपाउनेछु।

यहोशू 24 : 11
11 “‘त्‍यसपछि तिमीहरू यर्दन तरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरू, एमोरी, परिज्‍जी, कनानी, हित्ती, गिर्गाशी, हिव्‍वी र यबूसीहरूले तिमीहरूसित लड़ाइँ गरे। तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिएँ।

२ शमूएल 5 : 9
9 दाऊद त्‍यही गढ़ीमा बस्‍न लागे, र त्‍यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए।

यहोशू 18 : 28
28 सेलाह, एलेप, यबूसी सहर (अर्थात्‌ यरूशलेम), गिबा र किर्यत। तिनीहरूका बस्‍तीहरूसमेत चौध सहरहरू हुन्‌। बेन्‍यामीनका सन्‍तानको अधिकार तिनीहरूका वंशका निम्‍ति यही हो।

न्यायकर्ताहरू 3 : 6
6 तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे, र आफ्‍नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए। र तिनीहरूले उनीहरूका देवताहरूलाई पनि पूजा गर्न लागे।

एज्रा 9 : 2
2 तिनीहरूले यी जातिहरूका चेलीबेटीहरूलाई आफू र आफ्‍ना छोराहरूका निम्‍ति पत्‍नीहरू राखेका छन्, र यसरी पवित्र जाति विदेशी मानिसहरूसँग मिसिएका छन्‌। र यसमा अगुवाहरू र अधिकारीहरू नै खास दोषी छन्‌।”

एज्रा 10 : 44
44 यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए। अनि तिनीहरूले उनीहरूलाई तिनीहरूका छोराछोरीहरूसमेत त्‍यागिदिए।

१ राजाहरू 9 : 21
21 अर्थात्‌ उनीहरूका सन्‍तानहरू, जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले बिलकुलै नाश गर्न सकेका थिएनन्‌— उनीहरूलाई नै सोलोमनले बेगार काममा लगाए, जस्‍तो उनीहरू आजको दिनसम्‍म छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *