अंगूर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अंगूर

यूहन्‍ना 15 : 1 – 5
1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्‍छ।
2 ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ।
3 मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
4 ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ।
5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।

१ तिमोथी 5 : 23
23 अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।

एफिसी 5 : 18
18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।

१ तिमोथी 3 : 8
8 त्‍यसै गरी डिकनहरू पनि गम्‍भीर हुनुपर्छ, दुई-जिब्रे होइन, बढ़ी मद्य पिउने र धनको लोभी होइन,

प्रकाश 14 : 18 – 20
18 तब वेदीबाट अर्को स्‍वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्‍वीका अंगूरका झुप्‍पाहरू जम्‍मा गर, किनकि पृथ्‍वीका अंगूर पूरै पाकिसकेका छन्‌।”
19 ती स्‍वर्गदूतले आफ्‍नो हँसिया पृथ्‍वीमा चलाए, र पृथ्‍वीका अंगूरको फसल जम्‍मा गरे, र त्‍यसलाई परमेश्‍वरका क्रोधको ठूलो दाख-कुण्‍डमा फालिदिए।
20 सहर बाहिरको दाख-कुण्‍डमा ती अंगूर कुल्‍चिए, दाख-कुण्‍डबाट रगत निस्‍किबग्‍यो। त्‍यो रगत घोडाको लगामसम्‍म पुग्‍ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्‍म फैलिएको थियो।

इजकिएल 15 : 1 – 8
1 परमप्रभुको यो वचन मकहाँ आयो:
2 “हे मानिसको छोरो, दाखका बोटको काठ वनका अरू कुनै रूखहरूको हाँगाभन्‍दा असल छ र?
3 के केही चीज बनाउन त्‍यसबाट काठ कहिल्‍यै निकालिन्‍छ र? के मानिसहरूले कुनै थोक झुण्‍ड्याउनलाई त्‍यसबाट कीला बनाउँछन्‌ र?
4 अनि त्‍यो त दाउराको लागि आगोमा हालेपछि, र त्‍यसका दुई छेउ आगोले भस्‍म भएर र त्‍यसको बीचको भाग कोइला भएपछि, के त्‍यो कुनै कामको हुन्‍छ र?
5 यदि त्‍यो सिङ्गै हुँदा पनि केही कामको थिएन भने, आगोले भस्‍म भएर कोइला भएपछि त्‍यो झन्‌ के कामको योग्‍य हुन्‍छ र?
6 “यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जसरी वनका रूखहरूमध्‍ये दाखका बोटको काम मैले आगोको लागि दाउरा हुनलाई दिएँ, त्‍यसै गरी म यरूशलेमका मानिसहरूसित पनि व्‍यवहार गर्नेछु।
7 म मेरो अनुहार तिनीहरूका विरुद्धमा उतातिर फर्काउनेछु। तिनीहरू आगोबाट उम्‍के तापनि तिनीहरूलाई आगोले नै भस्‍म गर्नेछ। जब म मेरो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।
8 तिनीहरूले विश्‍वासघात गरेका हुनाले म तिनीहरूको देशलाई उजाड़ पार्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”

इजकिएल 18 : 2
2 “इस्राएलका देशको विषयमा भनेको यो उखान दोहोर्‍याएको अर्थ के हो: “‘अमिलो अङ्‌गूर खाने बुबा अनि दाँत कुँड़िनेचाहिँ छोराछोरी’?”

भजनसंग्रह 104 : 14 – 15
14 उहाँले गाईबस्‍तुका निम्‍ति घाँस, अनि मानिसहरूका निम्‍ति रूखपात उमार्नुहुन्‍छ, र जमिनबाट आहार ल्‍याउनुहुन्‍छ:
15 मानिसको मन आनन्‍दित गराउनलाई दाखमद्य, र त्‍यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्‍यसको हृदय बलियो तुल्‍याउनलाई रोटी उहाँले दिनुहुन्‍छ।

होशे 14 : 7
7 मानिसहरू फेरि त्‍यसको छहारीमा बस्‍नेछन्‌। मकैझैँ त्‍यो लहलह बढ्‌नेछ र दाखको बोटझैँ त्‍यो फुल्‍नेछ, र त्‍यसको ख्‍याति लेबनानको दाखमद्यजस्‍तै हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *