अंग दान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अंग दान

यूहन्‍ना 15 : 12 – 13
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।
13 आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन।

उत्‍पत्ति 2 : 21 – 23
21 यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो।
22 जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो।
23 मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्‍त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”

उपदेशक 12 : 7
7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्‍मा दिनुहुने परमेश्‍वरकहाँ आत्‍मा जान अघि उहाँको नै सम्‍झना गर।

उपदेशक 3 : 20
20 सबै एउटै ठाउँमा जान्‍छन्, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्‍छन्‌।

१ कोरिन्थी 15 : 35 – 49
35 तर कसैले सोध्‍ला “मृतकहरू कसरी पुनर्जीवित हुन्‍छन्, र तिनीहरू कस्‍ता किसिमको शरीर लिएर आउनेछन्‌?”
36 हे मूर्ख! जे तिमी रोप्‍तछौ त्‍यो नमरिकन सजीव हुँदैन।
37 जे तिमी रोप्‍तछौ त्‍योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्‍तछौ, चाहे त्‍यो गहूँ, अथवा अरू कुनै किसिमको अन्‍न होस्‌।
38 तर आफूलाई खुशी लागेबमोजिम परमेश्‍वरले त्‍यसलाई एउटा शरीर दिनुहुन्‍छ, र हरेक किसिमको बीउलाई त्‍यसैको शरीर दिनुहुन्‍छ।
39 सबै शरीर एकै किसिमका हुँदैनन्‌। मानिसको शरीर एक किसिमको, र जीवजन्‍तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्‍छ।
40 अनि शरीर पनि स्‍वर्गीय र पार्थिव हुन्‍छन्‌। स्‍वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको।
41 सूर्यको तेज एक किसिमको, चन्‍द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्‍छन्‌। किनभने एउटा तारा अर्को ताराभन्‍दा तेजमा भिन्‍दै हुन्‍छ।
42 मृतकहरूको पुनरुत्‍थान पनि त्‍यस्‍तै हो। जुन शरीर विनाशमा गाडिन्‍छ, त्‍यो अविनाशमा जीवित हुन्‍छ।
43 अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ।
44 प्राकृतिक शरीरमा त्‍यो गाडिन्‍छ, आत्‍मिक शरीरमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीर छ भने आत्‍मिक शरीर पनि अवश्‍य हुन्‍छ।
45 यसकारण यस्‍तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्‍तिम आदम जीवन दिने आत्‍मा भयो।
46 पहिलोचाहिँ आत्‍मिक होइन, तर प्राकृतिक हो, र त्‍यसपछि चाहिँ आत्‍मिक हो।
47 पहिलो मानिस माटोले बनिएको, पृथ्‍वीबाट हो। दोस्रो मानिस स्‍वर्गको हो।
48 माटोले बनिएको मानिसजस्‍तो थियो, माटोले बनिएकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्, र स्‍वर्गीय मानिस जस्‍तो छ, स्‍वर्गकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्‌।
49 जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्‍यसरी नै स्‍वर्गका मानिसको रूप धारण गर्नेछौं।

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *