जयन्ती को अर्थ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जयन्ती को अर्थ

लेवीहरू 25 : 10
10 पचासौँ वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू। त्‍यो तिमीहरूका लागि पुनर्स्‍थापनको वर्ष होस्, र हरेक मानिस आफ्‍नो जग्‍गाजमिन र आफ्‍नो परिवारमा फर्कोस्‌।

लेवीहरू 25 : 8 – 12
8 “‘तिमीहरूले आफ्‍नो लागि सात शबाथका वर्षहरू, अर्थात्‌ सात गुणा सात वर्ष गन्‍नू। तब सात शबाथका वर्ष, अर्थात्‌ उनन्‍चास वर्ष हुनेछ।
9 अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्‍ने तुरही बजाउन लगाउनू। प्रायश्‍चितको दिनमा तिमीहरूको देशभरि त्‍यो तुरही बजाउन लगाउनू।
10 पचासौँ वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू। त्‍यो तिमीहरूका लागि पुनर्स्‍थापनको वर्ष होस्, र हरेक मानिस आफ्‍नो जग्‍गाजमिन र आफ्‍नो परिवारमा फर्कोस्‌।
11 त्‍यो पचासौँ वर्ष तिमीहरूको निम्‍ति पुनर्स्‍थापनको वर्ष हुनेछ। त्‍यो वर्ष तिमीहरूले केही नरोप्‍नू, अनि आफै उम्रेका अन्‍न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्‍मा नगर्नू।
12 किनभने यो पुनर्स्‍थापनको वर्ष हो। त्‍यो तिमीहरूका लागि पवित्र होस्‌। खेतमा आफै उम्रेको उब्‍जनी तिमीहरूले त्‍यस वर्ष खानेछौ।

यशैया 61 : 1 – 11
1 परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न, कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।
2 परमप्रभुको प्रसन्‍नताको वर्ष, र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिन,
3 र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्‍दरताको मुकुट, र शोकको सट्टा आनन्‍दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस्‌ भनेर परमप्रभुले नै रोप्‍नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्‌।
4 तिनीहरूले पुराना भग्‍नावशेष पुनर्निर्माण गर्नेछन्‌। नष्‍ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्‍तौँदेखि भग्‍नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्‌।
5 परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌।
6 अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
7 तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्‍ना उत्तराधिकारमा रमाउनेछन्‌। यसैकारण तिनीहरू आफ्‍नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्‍तको आनन्‍द तिनीहरूका निम्‍ति हुनेछ।
8 “किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।
9 तिनीहरूका सन्‍तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्‌। तिनीहरूलाई देख्‍ने सबैले ‘ती परमप्रभुबाट आशिष्‌ पाएका सन्‍तान हुन्‌’ भनी स्‍वीकार गर्नेछन्‌।”
10 म परमप्रभुमा साह्रै आनन्‍दित हुन्‍छु। मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्‍द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ— जसरी दुलहाले आफ्‍नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्‍नहरूले आभूषित गर्छिन्‌।
11 किनकि जसरी भूमिले आफ्‍नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्‍यसरी नै परमप्रभु परमेश्‍वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्‍ने उत्‍पत्ति गर्नुहुनेछ।

लेवीहरू 25 : 13
13 “‘त्‍यस पुनर्स्‍थापनको वर्षमा हरेक मानिस आफ्‍नो जग्‍गाजमिनमा फर्कोस्‌।

लेवीहरू 25 : 1 – 55
1 परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्‍नुभयो,
2 “इस्राएलीहरूलाई यसो भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्‍ति एउटा शबाथ मनाओस्‌।
3 छ वर्ष आफ्‍नो खेत रोप्‍नू। छ वर्ष आफ्‍ना दाखबारीहरू छिँवल्‍नू, र तिनका फलहरू बटुल्‍नू।
4 तर सातौँ वर्षमा भूमिलाई विशेष शबाथ होस्‌— परमप्रभुको निम्‍ति एउटा शबाथ। सातौँ वर्षमा तिमीहरूले खेत नरोप्‍नू, दाखबारी नछिँवल्‍नू,
5 तिमीहरूको फसलमा आफै उम्रेको उब्‍जनी नकाट्‌नू, नछिँवलेको बोटका दाखहरू जम्‍मा नगर्नू। भूमिलाई त्‍यो विशेष विश्रामको वर्ष होस्‌।
6 त्‍यस भूमिले विश्रामको वर्षमा दिएको उब्‍जनी नै तिमीहरूका निम्‍ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी,
7 तिमीहरूका गाईबस्‍तु, र देशका पशुपक्षीका लागि खाना हुनेछ। त्‍यस वर्षमा देशको सबै उब्‍जनी खाए पनि हुन्‍छ।
8 “‘तिमीहरूले आफ्‍नो लागि सात शबाथका वर्षहरू, अर्थात्‌ सात गुणा सात वर्ष गन्‍नू। तब सात शबाथका वर्ष, अर्थात्‌ उनन्‍चास वर्ष हुनेछ।
9 अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्‍ने तुरही बजाउन लगाउनू। प्रायश्‍चितको दिनमा तिमीहरूको देशभरि त्‍यो तुरही बजाउन लगाउनू।
10 पचासौँ वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू। त्‍यो तिमीहरूका लागि पुनर्स्‍थापनको वर्ष होस्, र हरेक मानिस आफ्‍नो जग्‍गाजमिन र आफ्‍नो परिवारमा फर्कोस्‌।
11 त्‍यो पचासौँ वर्ष तिमीहरूको निम्‍ति पुनर्स्‍थापनको वर्ष हुनेछ। त्‍यो वर्ष तिमीहरूले केही नरोप्‍नू, अनि आफै उम्रेका अन्‍न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्‍मा नगर्नू।
12 किनभने यो पुनर्स्‍थापनको वर्ष हो। त्‍यो तिमीहरूका लागि पवित्र होस्‌। खेतमा आफै उम्रेको उब्‍जनी तिमीहरूले त्‍यस वर्ष खानेछौ।
13 “‘त्‍यस पुनर्स्‍थापनको वर्षमा हरेक मानिस आफ्‍नो जग्‍गाजमिनमा फर्कोस्‌।
14 “‘आफ्‍नो छिमेकीसित जमिनको किनबेच गर्दा एक-अर्कालाई अन्‍याय नगर्नू।
15 पुनर्स्‍थापनको वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले छिमेकीसित किन्‍नू, र बाँकी वर्षका उब्‍जनीको हिसाब गरेर त्‍यसले तिमीहरूलाई बेचोस्‌।
16 जति धेरै वर्ष बाँकी रहन्‍छ त्‍यति दाम तिमीहरूले बढ़ाउनू, र जति थोरै वर्ष बाँकी रहन्‍छ त्‍यति नै तिमीहरूले घटाउनू, किनभने उब्‍जनीको हिसाबअनुसार त्‍यो जमिन त्‍यसले तिमीहरूलाई बेचेको हो।
17 तिमीहरूले एक-अर्काबाट फाइदा नउठाउनु। तर तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
18 “‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्‍यस देशमा सुरक्षित रहनेछौ।
19 भूमिले आफ्‍नो उब्‍जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्‍क बस्‍न पाउनेछौ।
20 “बाली नलगाई, फसल नउठाई सातौँ वर्षमा चाहिँ हामीले के खाने?” भनी तिमीहरू भन्‍छौ भने,
21 छैटौँ वर्षमा म आफ्‍नो आशिष्‌ तिमीहरूलाई दिनेछु, र भूमिले तीन वर्षको फसल उब्‍जाउनेछ।
22 तिमीहरूले आठौँ वर्षमा रोपाइँ गर्दा, पुरानै उब्‍जनी खाँदैरहनू। नवौँ वर्षमा बाली नलागेसम्‍म तिमीहरूले त्‍यो पुरानै अन्‍न खाँदैरहनू।
23 “‘जमिन सधैँको निम्‍ति नबेच्‍नू। किनभने जमिनचाहिँ मेरो हो। तिमीहरू त परदेशी र प्रवासी भई मसित बसेका छौ।
24 तिमीहरूको अधिकारमा आएको जग्‍गाजमिन फेरि निखन्‍न दिनू।
25 “‘यदि गरीबीले गर्दा छिमेकीहरूमध्‍ये कसैले आफ्‍नो जग्‍गाजमिनको कुनै हिस्‍सा बेच्‍नुपर्‍यो भने, त्‍यसको नजिकको आफन्‍त आएर त्‍यो निखनोस्‌।
26 तर कसैको यसरी निखनिदिने कोही छैन र त्‍यो आफै पछि धनी भएर निखन्‍न सक्‍छ भने,
27 त्‍यसले त्‍यो बेचेको वर्षहरू गनोस्, र जसलाई बेचेको हो त्‍यस बाँकी वर्षका उब्‍जनीको दाम फर्काइदेओस्‌। अनि त्‍यो आफ्‍नो जमिनमा फर्कोस्‌।
28 तर आफैले उकास्‍ने त्‍यसको औकात पुगेन भने पुनर्स्‍थापनको वर्षसम्‍म किन्‍नेकै हातमा त्‍यो जमिन रहनेछ। अनि पुनर्स्‍थापनको वर्षमा त्‍यो फिर्ता गरिओस्‌। त्‍यसपछि त्‍यो मानिसचाहिँ आफ्‍नो जग्‍गाजमिनमा जान सक्‍छ।
29 कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्‍नो घर बेच्‍यो भने, बेचेको एक वर्षभित्र त्‍यो निखन्‍न पाउनेछ। त्‍यसलाई यो अधिकार एक वर्षसम्‍म हुन्‍छ।
30 तर एक वर्षभित्रमा त्‍यो निखन्‍न सकेन भने किन्‍ने र त्‍यसका भावी सन्‍तानका निम्‍ति त्‍यो घर स्‍थायी सम्‍पत्ति बनोस्‌। पुनर्स्‍थापनको वर्षमा पनि त्‍यो फिर्ता हुनेछैन।
31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ देशका अन्‍य जग्‍गाजमिनजस्‍तै ठान्‍नू। तीचाहिँ निखन्‍न सकिन्‍छ, अनि पुनर्स्‍थापनको वर्षमा फिर्ता गर्न सकिन्‍छ।
32 “‘लेवी कुलको अधिकारका आफ्‍नै सहरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनै बेला पनि निखन्‍न सक्‍छन्‌।
33 लेवी कुलको अधिकारमा भएका सहरहरूमा कुनै लेवीले आफैले बेचेको घर फिर्ता लिन सकेन भने पुनर्स्‍थापनको वर्षमा त्‍यो त्‍यसलाई फिर्ता गरिओस्, किनभने लेवीका सहरमा भएका घरहरूचाहिँ इस्राएलमा तिनीहरूको पैतृक-सम्‍पत्ति हुन्।
34 तर तिनीहरूका सहरबाहिरका चरनहरू बेच्‍न पाइँदैन, किनभने ती तिनीहरूका स्‍थायी सम्‍पत्ति हुन्‌।
35 “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्‍ये कोही अति गरीब भएर आफ्‍नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्‍तै गरी त्‍यसलाई सहायता दिनू, कि त्‍यो तिमीहरूसित बसिरहन सकोस्‌।
36 त्‍यसलाई ऋण दिँदा ब्‍याज वा नाफा नलिनू। तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्‌।
37 त्‍यसलाई तिमीहरूले ब्‍याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्‍यसलाई नाफा नगरी दिनू।
38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्‍याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
39 “‘यदि तिमीहरूको कोही इस्राएली दाजुभाइले अति गरीब भएको कारण आफैलाई तिमीहरूको हातमा बेच्‍यो भने कमारालाई जस्‍तो त्‍यसलाई काममा नलगाउनू।
40 त्‍यो तिमीहरूसँग नोकर कि परदेशी पाहुनाजस्‍तै भएर बसोस्, र पुनर्स्‍थापनको वर्षसम्‍म तिमीहरूसँग बसी त्‍यसले तिमीहरूको चाकरी गरोस्‌।
41 त्‍यसपछि त्‍यो र त्‍यसका बालबच्‍चा तिमीहरूबाट छुटेर आफ्‍नो परिवार र जायजेथामा फर्कोस्‌।
42 किनकि मैले मिश्रबाट निकालेर ल्‍याएका ती मेरै दास-दासीहरू हुन्‌। तिनीहरू कमारा-कमारीहरूजस्‍तै नबेचिऊन्‌।
43 तिमीहरूले तिनीहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको भय मान्‍नू।
44 “‘तिमीहरूका कमारा-कमारीचाहिँ वरिपरिका जातिहरूबाटै किनेर ल्‍याउनू।
45 तिमीहरूसँग बस्‍ने परदेशी र तिमीहरूको देशमा जन्‍मेका तिनीहरूका सन्‍तानहरूलाई पनि तिमीहरूले किनेर आफ्‍नो बनाउन सक्‍छौ।
46 आफ्‍ना भावी सन्‍तानको अधिकार र निज धन तुल्‍याउनलाई पनि तिनीहरूबाटै कमारा-कमारीहरू ल्‍याए हुन्‍छ, तर इस्राएली दाजुभाइहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू।
47 “तिमीहरूकै कोही गरीब दाजुभाइले तिमीहरूका बीचमा वास गर्ने धनी भएको परदेशी वा प्रवासीको वा त्‍यसको परिवारको हातमा आफैलाई बेच्‍यो भने,
48 त्‍यो बेचिएपछि निखन्‍न सकिन्‍छ। त्‍यसकै दाजुभाइमध्‍येको कसैले त्‍यसलाई निखन्‍न सक्‍छ।
49 त्‍यसकै काका, दाजुभाइ, अर्थात्‌ कोही नजिकको साइनो पर्ने कसैले त्‍यसलाई निखनोस्‌। अथवा पछि त्‍यसको औकात पुग्‍यो भने त्‍यसले आफैलाई निखनोस्‌।
50 त्‍यस मानिस मालिककहाँ बेचिएको वर्षदेखि पुनर्स्‍थापनको वर्षसम्‍म जोड़ेर त्‍यति सालसम्‍मको ज्‍यालादारको मोलअनुसार त्‍यसले तिरोस्‌ र आफ्‍नो मालिकसँग आफैलाई निखनोस्‌।
51 पुनर्स्‍थापनको वर्ष आउनलाई धेरै वर्ष बाँकी छ भने, आफू किनिएको जम्‍मा मोलबाट हिसाब गरेर त्‍यसले छुटकाराको निम्‍ति बढ्‌ता दाम फर्काइदेओस्‌।
52 यदि पुनर्स्‍थापनको वर्ष आउनलाई थोरै मात्र बाँकी छ भने, त्‍यसले त्‍यसअनुसार हिसाब गरेर आफ्‍नो छुटकाराको दाम फिर्ता देओस्‌।
53 ज्‍यालादारी नोकरजस्‍तै भएर प्रवासी मालिकसँग त्‍यो बसोस्, र उसले त्‍यसमाथि कठोर व्‍यवहारले शासन नगरोस्‌ भनी तिमीहरूले ख्‍याल राख्‍नू।
54 “‘यी उपायहरूबाट पनि त्‍यसको छुटकारा भएन भने, त्‍यो त्‍यसका छोराछोरीहरूसँगै पुनर्स्‍थापनको वर्षमा निस्‍केर जाऊन्‌।
55 किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्‌। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्‍याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

लेवीहरू 25 : 8
8 “‘तिमीहरूले आफ्‍नो लागि सात शबाथका वर्षहरू, अर्थात्‌ सात गुणा सात वर्ष गन्‍नू। तब सात शबाथका वर्ष, अर्थात्‌ उनन्‍चास वर्ष हुनेछ।

लूका 4 : 19
19 र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ।”

रोमी 15 : 1
1 विश्‍वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्‍छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ।

भजनसंग्रह 41 : 11
11 म जान्‍दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ, किनकि मेरो शत्रु ममाथि विजयी हुन सक्‍दैन।

प्रस्‍थान 23 : 11
11 तर सातौँ वर्षमा चाहिँ त्‍यसलाई नजोती बाँझै छोड़िदेओ, र त्‍यसबाट तिमीहरूमध्‍येका गरीबहरूले खाऊन्‌। तिनीहरूले उबारेका चाहिँ जङ्गली पशुहरूले खाऊन्‌। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्‍यसै गर।”

रोमी 14 : 1 – 23
1 विश्‍वासमा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।
2 कसैले सबै थोक खान हुन्‍छ भनी विश्‍वास गर्छ, तर विश्‍वासमा कमजोर हुनेले चाहिँ सागसब्‍जी मात्र खान्‍छ।
3 खानेले नखाने मानिसलाई तुच्‍छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्‌। किनभने परमेश्‍वरले त्‍यसलाई ग्रहण गर्नुभएको छ।
4 अर्काको चाकरलाई इन्‍साफ गर्ने तिमी को हौ? त्‍यो त आफ्‍नै मालिकको सामु खड़ा हुन्‍छ वा पतित हुन्‍छ। त्‍यो खड़ा गराइनेछ, किनभने, त्‍यसका मालिकले त्‍यसलाई खड़ा गराउन सक्‍छ।
5 कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्‍दा बढ़ी महत्त्वको मान्‍छ, अर्को मानिसले सबै दिनलाई समान ठान्‍छ। हरेक मानिस आफ्‍नै मनमा पूर्ण रूपले निश्‍चित हुनुपर्छ।
6 जुन व्‍यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्‍यसले प्रभुको आदरको निम्‍ति पालन गर्छ। जुन व्‍यक्तिले खान्‍छ, त्‍यसले प्रभुको निम्‍ति खान्‍छ, किनकि त्‍यसले परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ। जुन व्‍यक्तिले खाँदैन, त्‍यसले परमेश्‍वरको आदरको निम्‍ति खाँदैन र परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छ।
7 हामी कोही पनि आफ्‍नै निम्‍ति बाँच्‍दैनौं र कोही पनि आफ्‍नै निम्‍ति मर्दैनौं।
8 यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं।
9 चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्‌।
10 तिमी किन आफ्‍नो भाइको इन्‍साफ गर्छौ? अथवा तिमी आफ्‍नो भाइलाई किन तुच्‍छ ठान्‍छौ? किनभने हामी सबै परमेश्‍वरका न्‍याय-आसनको सामने खड़ा हुनेछौं।
11 किनकि लेखिएको छ, “प्रभु भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, प्रत्‍येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरको प्रशंसा गर्नेछ’।”
12 यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्‍नो लेखा दिनेछौं।
13 यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्‍साफ नगरौं। बरु आफ्‍नो भाइको बाटोमा ठेस लाग्‍ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्‍यै नराख्‍ने अठोट गरौं।
14 म जान्‍दछु, र प्रभु येशूमा मलाई निश्‍चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्‍यो अशुद्ध ठान्‍छ, त्‍यसको निम्‍ति त्‍यो अशुद्धै हुन्‍छ।
15 यदि तिमीले जे खान्‍छौ त्‍यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्‍ति ख्रीष्‍ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्‌।
16 यसैकारण तिमीलाई जे असल लाग्‍छ त्‍यसलाई अरूले खराब भन्‍न नदेओ।
17 किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।
18 जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ।
19 यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ।
20 खानेकुराको खातिर परमेश्‍वरको कामलाई नष्‍ट नगर। वास्‍तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो।
21 उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ।
22 तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन।
23 तर कसैले शङ्का गरेर केही खायो भने त्‍यो दोषी ठहर्छ, किनकि उसले विश्‍वाससाथ खाएको छैन। विश्‍वासबाट उत्‍पन्‍न नभएको कुनै पनि कुरा पाप हो।

लूका 4 : 18
18 “परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति,

यशैया 58 : 11
11 परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।

२ इतिहास 7 : 12 – 20
12 तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्‍थान मेरो निम्‍ति बलिदानको ठाउँ चुनें।
13 “जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु,
14 यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।
15 अब यस ठाउँमा गरिएका प्रार्थना ध्‍यानसित सुन्‍न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्‌।
16 मेरो नाउँ सदासर्वदाको निम्‍ति त्‍यहाँ रहन मैले यस मन्‍दिरलाई चुनेको छु, र त्‍यसलाई पवित्र पारेको छु। मेरो दृष्‍टि र मेरो हृदय सधैँभरि त्‍यहाँ रहनेछ।
17 “यदि तँचाहिँ मैले तँलाई दिएका सबै आज्ञाहरू पालन गर्दै र मेरा विधिविधानहरू मान्‍दै तेरा पिता दाऊद मेरो दृष्‍टिमा हिँड़ेझैँ हिँड़िस्‌ भने,
18 म तेरो राजकीय सिंहासन स्‍थिर गर्नेछु, जसरी मैले तेरा पिता दाऊदलाई यसो भनेर करारद्वारा प्रतिज्ञा गरेको थिएँ, ‘इस्राएलमाथि राज्‍य गर्न तँलाई एउटै मानिसको पनि अभाव हुनेछैन’।
19 “तर यदि मैले तिमीहरूलाई दिएका मेरा विधिहरू र आज्ञाहरू मानेनौ र ती त्‍याग्‍यौ र गएर अरू देवताहरूको सेवा गर्‍यौ र तिनीहरूलाई पुज्‍यौ भने, तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म इस्राएललाई जरैसमेत उखेलिदिनेछु,
20 अनि मैले मेरो नाउँको लागि पवित्र गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु। सबै जातिहरूका बीचमा त्‍यसलाई एउटा निन्‍दा र गिल्‍लाको पात्र बनाउनेछु।

यूहन्‍ना 8 : 32
32 तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”

१ कोरिन्थी 13 : 1 – 13
1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

रोमी 15 : 1 – 33
1 विश्‍वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्‍छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ।
2 हामी प्रत्‍येकले आफ्‍नो छिमेकीको आत्‍मिक सुधार होस्‌ भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्‍न राखौं।
3 किनकि ख्रीष्‍टले पनि आफैलाई प्रसन्‍न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्‍दा गर्नेहरूको निन्‍दा ममाथि पर्‍यो।”
4 अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी आशा प्राप्‍त गर्न सकौं।
5 स्‍थिरता र उत्‍साहका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्,
6 कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको महिमा तिमीहरू गर्न सक।
7 यसकारण परमेश्‍वरका महिमाको निम्‍ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर।
8 म तिमीहरूलाई भन्‍दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्‍टि गर्नका निम्‍ति परमेश्‍वरको सत्‍यतालाई प्रकट गर्न ख्रीष्‍ट खतना भएकाहरूको दास बन्‍नुभयो,
9 यस हेतुले कि अन्‍यजातिहरूले उहाँका कृपाको निम्‍ति परमेश्‍वरको महिमा गरून्‌। जस्‍तो लेखिएको छ, “यसैकारण अन्‍यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्‍तुति गाउनेछु।”
10 र फेरि यस्‍तो भनिएको छ, “ए अन्‍यजाति हो, उहाँको प्रजासँग आनन्‍द मनाओ।”
11 र फेरि, “ए सारा अन्‍यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्‌।”
12 र फेरि यशैया भन्‍दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्‍यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्‍यजातिहरूले आशा राख्‍नेछन्‌।”
13 आशाका परमेश्‍वरले तिमीहरूलाई विश्‍वासद्वारा सम्‍पूर्ण आनन्‍द र शान्‍तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्‍माको शक्तिले तिमीहरू आशामा प्रशस्‍त हुन सक।
14 भाइ हो, मलाई निश्‍चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ।
15 तर परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्‍झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु,
16 यो अनुग्रह अन्‍यजातिहरूका निम्‍ति परमेश्‍वरका सुसमाचारको पूजाहारीले गर्नुपर्ने कर्तव्‍य पालन गर्नलाई मलाई दिइएको हो, ताकि अन्‍यजातिहरू पवित्र आत्‍माद्वारा शुद्ध भएर ग्रहणयोग्‍य बलि बन्‍न सकून्‌।
17 यसकारण परमेश्‍वरको निम्‍ति मेरो सेवामा मलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने कारण छ।
18 किनभने, वचन र कामले अन्‍यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्‍ने आँट म गर्दिनँ।
19 यो काम चिन्‍हहरू र आश्‍चर्यकर्महरूको शक्तिले र पवित्र आत्‍माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्‍लुरिकनसम्‍मै चारैतिर ख्रीष्‍टको सुसमाचार सम्‍पूर्ण रूपले प्रचार गरेको छु।
20 अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्‍टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्‍कट इच्‍छा मैले राखेको छु,
21 जस्‍तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्‍यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्‍नेछन्, र उहाँको विषयमा जसले कहिल्‍यै सुनेका छैनन्‌ तिनीहरूले बुझ्‍नेछन्‌।”
22 यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्‍ट रोकिएको छु।
23 तर अब यी क्षेत्रहरूमा मेरो निम्‍ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्‍णा रहेकोले,
24 म स्‍पेन जाँदा तिमीहरूलाई भेट्‌ने आशा राख्‍दछु, र तिमीहरूसँग केही समयसम्‍म सङ्गतिको आनन्‍द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्‍ने आशा राख्‍तछु।
25 तर अब सन्‍तहरूलाई सहायता पुर्‍याउन म यरूशलेमतिर जाँदैछु।
26 किनकि यरूशलेममा हुने सन्‍तहरूमा जो गरीब छन्, तिनीहरूका निम्‍ति माकेडोनिया र अखैयाका मण्‍डलीहरूले केही भेटी दिएका छन्‌।
27 यो भेटी यिनीहरूले खुशीसाथ जम्‍मा गरेका थिए, र साँच्‍चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन्‌। किनकि यदि अन्‍यजातिहरू तिनीहरूका आत्‍मिक आशिष्‌हरूमा सहभागी भएका छन्‌ भने, यिनीहरूले पनि सांसारिक आशिष्‌हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ।
28 यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्‍ति उठेको यो चन्‍दा सुम्‍पिसकेपछि म तिमीहरूकहाँ भएर स्‍पेन जानेछु।
29 र म जान्‍दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्‍टका आशिष्‌को परिपूर्णतामा आउनेछु।
30 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍ट र पवित्र आत्‍माको प्रेमद्वारा मेरो निम्‍ति परमेश्‍वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्‍न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु,
31 कि म यहूदियाका अविश्‍वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्‍ति मेरो सेवा सन्‍तहरूलाई ग्रहणयोग्‍य होस्,
32 र परमेश्‍वरको इच्‍छाद्वारा आनन्‍दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ।
33 शान्‍तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून्‌। आमेन।

एफिसी 5 : 1 – 33
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ।
2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो।
3 तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन।
4 कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌।
5 किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन।
6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्‍वरको क्रोध पर्छ।
7 यसकारण तिनीहरूसँग सहभागी नहोओ,
8 किनकि एक पल्‍ट तिमीहरू अन्‍धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्‍यालो भयौ। ज्‍योतिका सन्‍तानझैँ हिँड्‌डुल गर,
9 किनकि सबै भलाइ, धार्मिकता र सत्‍यतामा नै ज्‍योतिको फल पाइन्‍छ,
10 र प्रभुलाई मन पर्ने के हो सो सिक्‍ने कोसिस गर।
11 अन्‍धकारका निष्‍फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
12 किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो।
13 तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो।
14 यसैले यस्‍तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्‍टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”
15 यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्‍छा के छ, सो बुझ।
18 दाखमद्यले नमात्तिओ, कारण त्‍यो विलासिता हो, तर पवित्र आत्‍माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै
20 सधैँ सबै कुराका निम्‍ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाओ।
21 ख्रीष्‍टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
22 पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस।
23 किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ।
24 जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।
25 पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो,
26 यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।
28 त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्‍यै आफ्‍नो शरीरलाई घृणा गर्दैन, तर त्‍यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले पनि आफ्‍नो मण्‍डलीको निम्‍ति गर्नुहुन्‍छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”
32 यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।
33 जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।

हबकूक 2 : 14
14 किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्‍वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *