जब्बोक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जब्बोक

गन्ती 21 : 24
24 तर इस्राएलीहरूले उनलाई तरवारले मारे, र अर्नोन खोलादेखि यब्‍बोक नदीसम्‍म उनको देश कब्‍जा गरे। तर अम्‍मोनीहरूको सिमानासम्‍म मात्र तिनीहरूले कब्‍जा गरे, किनकि अम्‍मोनीहरूको सिमाना बलियो थियो।

न्यायकर्ताहरू 11 : 13
13 अम्‍मोनी राजाले यिप्‍ताका मानिसहरूलाई यो जवाफ दिए, “जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरूले अर्नोनदेखि यब्‍बोक र यर्दन नदीसम्‍मका हाम्रो देश लिए। यो देश शान्‍तिसित हामीलाई फर्काइदेऊ।”

यहोशू 12 : 2
2 हेश्‍बोनवासी एमोरीहरूका राजा सीहोन, जसले अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि, बेँसीको माझदेखि आधा गिलाद र अम्‍मोनीहरूका सिमानाको यब्‍बोक नदीसम्‍मै,

व्यवस्था 3 : 16
16 तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्‍म (खोलाको मध्‍यभाग त्‍यसको सिमाना थियो), र अम्‍मोनीहरूको सिमाना, यब्‍बोक नदीसम्‍म दिएँ।

न्यायकर्ताहरू 11 : 22
22 तिनीहरूले अर्नोनदेखि यब्‍बोकसम्‍म र उजाड़-स्‍थानदेखि यर्दन नदीसम्‍मै एमोरीहरूका सबै इलाकाहरू लिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *