यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छाप
उत्पत्ति 38 : 18
18 यहूदाले भने, “म के बन्धकी राखूँ?” तिनले भनिन्, “तपाईंको छाप र त्यसको डोरी, र तपाईंको हातको यो लट्ठी राखे हुन्छ।” यसैले यहूदाले तिनलाई ती चीजहरू दिए, र तिनीसँग सहवास गरे। अनि उनीबाट तिनी गर्भवती भइन्।
प्रस्थान 28 : 11
11 पत्थर खोप्ने शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै ती दुवै पत्थरहरूमा इस्राएलका छोराहरूका नाउँ खोप्नू। तब तैंले ती पत्थर सुनका रत्न जड़िने मणिघरमा जड्न लगाउनू।
प्रस्थान 28 : 21
21 ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्। हरेकमा छापमा खोपेजस्तै बाह्रै कुलमध्ये एउटाको नाउँ होऊन्।”
प्रस्थान 28 : 36
36 “तैंले निखुर सुनको एउटा पाता बनाएर त्यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्नू, ‘परमप्रभुको निम्ति पवित्र’।
प्रस्थान 39 : 6
6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्यसमा लेखे।
प्रस्थान 39 : 14
14 ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा थिए। हरेकमा छापमा खोपेझैँ बाह्र कुलमध्ये एउटाको नाउँ थियो।
प्रस्थान 39 : 30
30 तिनीहरूले पाता, अर्थात् पवित्र मुकुट निखुर सुनको बनाए, र त्यहाँ छापको खोपाइझैँ यी कुरा खोपे, “परमप्रभुको निम्ति पवित्र।”
२ तिमोथी 2 : 19
19 तर परमेश्वरको दृढ़ जग खड़ै रहन्छ, र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्।”
१ राजाहरू 21 : 8
8 तब ईजेबेलले आहाबको नाउँमा चिट्ठीहरू लेखिन्, त्यसमा राजाको मोहोर लगाइन्, र नाबोतको सहरमा तिनीसँग बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्।
एस्तर 8 : 8
8 अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”
१ राजाहरू 21 : 8
8 तब ईजेबेलले आहाबको नाउँमा चिट्ठीहरू लेखिन्, त्यसमा राजाको मोहोर लगाइन्, र नाबोतको सहरमा तिनीसँग बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्।
नहेम्याह 9 : 38
38 “यी सबैको कारण हामी लिखित रूपमा यो वाचा बाँध्दैछौं, र हाम्रा अगुवाहरू, लेवीहरू र पूजाहारीहरूले सहीछाप लगाउँदैछन्।”
नहेम्याह 10 : 1
1 सहीछाप लाउनेहरूमध्ये यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,
यशैया 8 : 16
16 यो गवाही-पत्र बाँधिदेऊ र यो व्यवस्था मेरा चेलाहरूका बीचमा बन्द गरेर त्यसमा मोहोर लगाइदेऊ।
एस्तर 8 : 8
8 अब यहूदीहरूका पक्षमा तिमीहरूलाई उचित लाग्ने एउटा अर्को राजउर्दी मेरो नाउँमा निकाल। त्यसमा राजकीय मोहोर लगाऊ, किनभने राजाको नाउँमा लेखिएको राजकीय मोहोर लगाइएको लिखित पत्र रद्द गर्न सकिँदैन।”
दानिएल 6 : 9
9 यसैकारण राजा दाराले लिखित रूपमा यो आदेश निकाले।
यर्मिया 32 : 10
10 मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ।
व्यवस्था 32 : 34
34 “के यो मैले साँचेर राखेको छैनँ, र मेरा भण्डारमा छाप मारेर राखेको छैनँ?
दानिएल 6 : 17
17 खोरको मुखमा एउटा ढुङ्गा ल्याएर राखियो, र दानिएलको अवस्थामा कुनै परिवर्तन नहोस् भनेर राजाले आफ्नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए।
Leave a Reply