यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छर्कने
लेवीहरू 14 : 7
7 सरुवा रोगबाट शुद्ध हुनुपर्नेमाथि सात पल्ट छर्केर तिनले त्यसलाई शुद्ध ठहराऊन्। तब तिनले त्यो जिउँदो पक्षीलाई खुला मैदानमा छोड़िदेऊन्।
लेवीहरू 14 : 51
51 त्यसपछि देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो र जिउँदो चरालाई लिएर त्यो मारिएको चराको रगतमा र ताजा पानीमा चोपेर त्यस घरमा सात पल्ट छर्कून्।
लेवीहरू 16 : 14
14 त्यसपछि त्यसले साँढ़ेको रगतबाट केही लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्ने आफ्नो औँलाले त्यो रगत सात पल्ट छर्कोस्।
हिब्रू 9 : 13
13 बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्छ भने,
हिब्रू 9 : 19
19 जब मोशाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्याउलासहित, व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के।
हिब्रू 9 : 21
21 यसै गरी उनले पवित्र वासस्थानमाथि र आराधनामा चलाइने सबै भाँड़ाहरूमाथि त्यसै किसिमले रगत छर्के।
हिब्रू 11 : 28
28 ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाड़को विधि पालन गरे र रगत छर्के।
हिब्रू 12 : 24
24 र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ।
गन्ती 8 : 7
7 तिनीहरूलाई शुद्ध पार्नलाई तैंले यसो गर्: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्किदे, र तिनीहरूले आफ्नो शरीरका जम्मै रौँ काटेर आ-आफ्ना लुगा धोई आफूलाई शुद्ध तुल्याऊन्।
इजकिएल 36 : 25
25 म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु।
हिब्रू 9 : 19
19 जब मोशाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्याउलासहित, व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के।
हिब्रू 10 : 22
22 हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं।
Leave a Reply