चित्रकारी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चित्रकारी

२ राजाहरू 9 : 30
30 तब येहू यिजरेलमा गए। जे भएको थियो सो ईजेबेलले जब सुनिन्, तब तिनले आफ्‍ना आँखामा गाजल लाइन्, र कपाल बाटेर एउटा झ्‍यालबाट बाहिर हेरिन्‌।

यर्मिया 4 : 30
30 हे उजाड़ पारिएकी, तँ के गरिरहिछस्‌? तैंले रातो पोशाक पहिरेकी, र सुनका गहना पहिरेर आफूलाई सिँगारेकी अर्थ के हो? तँ किन गाजल लगाएर तेरा आँखा ठूलो पार्छेस्‌? व्‍यर्थमा तँ आफूलाई सुन्‍दर बनाउँछेस्‌। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्, तिनीहरू तेरो ज्‍यान लिन खोज्‍छन्‌।

इजकिएल 23 : 40
40 “तिनीहरूले टाढ़ा-टाढ़ाका मानिसहरूलाई समाचारवाहकहरू पनि पठाएर बोलाए र उनीहरू आए। तैंले तिनीहरूका निम्‍ति नुहाइधुवाइ गरिस्, आँखामा गाजल लगाइस्‌ र गरगहना लाएर आफैलाई सिँगारिस्‌।

यर्मिया 22 : 14
14 त्‍यसले भन्‍दछ, ‘म आफ्‍नो निम्‍ति माथिल्‍लो तलामा फराकिला कोठाहरू भएको एउटा ठूलो महल बनाउनेछु’। त्‍यसले देवदारुका पल्‍ला भएका झ्‍यालहरू बनाउँछ, र ती सिन्‍दूरे रङ्गले रँगाउँछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *