यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चित्र
लेवीहरू 26 : 1
1 “‘तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाओ। अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड़्याएर ती पुज्नलाई घोप्टो नपर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
गन्ती 33 : 52
52 तब तिमीहरूले त्यस देशका बासिन्दाहरू सबैलाई त्यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्काइदिनू।
हितोपदेश 25 : 11
11 ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन्।
यशैया 2 : 16
16 तर्शीशका सबै व्यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।
Leave a Reply