चलचित्रहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चलचित्रहरू

फिलिप्पी 4 : 8
8 अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

तीतस 2 : 11 – 12
11 किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ,
12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।

कलस्सी 3 : 5
5 यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो।

मत्ती 5 : 27 – 30
27 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्‍यभिचार नगर्‌।’
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।
29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा फालिनुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।
30 तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा जानुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

हितोपदेश 4 : 23
23 सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।

१ कोरिन्थी 13 : 6
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।

यशैया 33 : 14 – 16
14 सियोनमा भएका पापीहरू डराएका छन्‌। ईश्‍वरहीनहरूलाई कम्‍पनले समातेको छ। “भस्‍म गर्ने आगोसँग हामीहरूमध्‍ये को बस्‍न सक्‍छ र? अनन्‍त जलनमा हामीहरूमध्‍ये को रहन सक्‍छ र?”
15 त्‍यही, जो धार्मिकतासाथ हिँड्‌दछ, र ठीक कुरा गर्दछ, करकापसित लिएको नाफा इन्‍कार गर्छ, जसले घूस लिन आफ्‍नो हात बढ़ाउँदैन, जसले हत्‍याका षड्‌यन्‍त्रप्रति आफ्‍नो कान थुन्‍छ, दुष्‍ट्याइँको चिन्‍तन गर्नुभन्‍दा आफ्‍नो आँखा चिम्‍लन्‍छ।
16 त्‍यही मानिस उच्‍चमा बस्‍नेछ, जसको शरणस्‍थान पहाड़को किल्‍ला हुनेछ। त्‍यसको भोजन त्‍यसलाई दिइनेछ र त्‍यसलाई पानीले धोका दिनेछैन।

मर्कूस 7 : 20 – 23
20 उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।
21 किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,
22 लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।
23 यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।

लूका 6 : 45
45 असल मानिसले आफ्‍नो हृदयको असल भण्‍डारबाट असलै थोक निकाल्‍दछ, र दुष्‍ट मानिसले आफ्‍नो हृदयको दुष्‍ट भण्‍डारबाट दुष्‍ट थोक नै निकाल्‍दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्‍छ, मानिसको मुखबाट त्‍यही निस्‍कन्‍छ।

मत्ती 5 : 8
8 धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌।

याकूब 1 : 12 – 15
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

हितोपदेश 17 : 4
4 दुष्‍ट मानिस खराबी कुरा सुन्‍छ, फटाहाले डाही जिब्रोको कुरातिर ध्‍यान दिन्‍छ।

उपदेशक 8 : 11
11 कुनै अपराधको दण्‍ड तुरुन्‍तै भएन भने मानिसहरूका हृदयले दुष्‍ट काम गर्नलाई योजनाहरू बनाउँछन्‌।

उपदेशक 11 : 7
7 उज्‍यालो असल हुन्‍छ। आँखाले घामलाई हेर्न मन पराउँछ।

मत्ती 5 : 19
19 यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ।

मर्कूस 4 : 18 – 19
18 काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्‍छन्,
19 तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्‍छन्‌। ती फलवन्‍त हुँदैनन्‌।

याकूब 1 : 27
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

मर्कूस 10 : 29 – 31
29 येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले मेरो निम्‍ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्‍गाजमिन छोड्‌छ,
30 त्‍यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन।
31 तर धेरै पहिला हुनेहरू पछिल्‍ला, र पछिल्‍ला हुनेहरूचाहिँ पहिला हुनेछन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *