चर्चमा प्रशंसा पूजा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्चमा प्रशंसा पूजा

भजनसंग्रह 149 : 1 – 9
1 हल्‍लेलूयाह! परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर।
2 आफ्‍ना सृष्‍टिकर्तामा इस्राएल रमाओस्‌, सियोनका मानिसहरू आफ्‍ना राजामा आनन्‍दित होऊन्‌।
3 नाच्‍दै तिनीहरूले उहाँका नाउँको प्रशंसा गरून्‌, खैँजड़ी र वीणासहित तिनीहरूले उहाँको भजन गाऊन्‌।
4 किनकि परमप्रभु आफ्‍ना प्रजासँग प्रसन्‍न हुनुहुन्‍छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्‍छ।
5 पवित्रजनहरू यस्‍तो सम्‍मानमा उल्‍लसित होऊन्‌, अनि आफ्‍ना ओछ्यानमा पनि तिनीहरू आनन्‍दले गाऊन्‌।
6 तिनीहरूका मुखमा परमेश्‍वरको स्‍तुति रहोस्‌, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्‌,
7 ताकि जातिहरूका विरुद्धमा तिनीहरूले प्रतिशोध, अनि मानिसहरूलाई दण्‍ड दिन सकून्‌,
8 तिनीहरूका राजालाई साङ्‌लाले, र तिनीहरूका भारदारहरूलाई फलामे सिक्रीले बाँध्‍न सकून्‌,
9 अनि उनीहरूका विरुद्धमा लेखिएको न्‍याय-दण्‍ड दिन सकून्‌। उहाँका सबै पवित्रजनहरूको यसैमा गौरव छ। हल्‍लेलूयाह!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *