यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चर्च सुरक्षा
१ इतिहास 9 : 21 – 24
21 मेशेलेम्याहका छोरा जकरिया भेट हुने पालका द्वारपाल थिए।
22 द्वारपालको काममा चुनिएकाहरूको संख्या २१२ थियो। तिनीहरूका आफ्ना गाउँ-गाउँ गरी वंशावलीको सूचीमा लेखिएका थिए। दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्नो विश्वासको काममा नियुक्ति गरेका थिए।
23 तिनीहरू र तिनीहरूका छोराहरूका जिम्मामा परमप्रभुको भवनका मूल ढोकाहरूमा पहरा बस्ने काम थियो, जुन भवनलाई पाल भनिन्थ्यो।
24 ती द्वारपालहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिर बस्नुपर्दथ्यो।
लूका 11 : 21
21 “हतियारले सुसज्जित भई बलवान् मानिसले आफ्नो घरको रक्षा गर्छ भने, त्यसका मालसामानहरू सुरक्षित रहन्छन्।
नहेम्याह 4 : 10 – 23
10 यसै बीचमा यहूदाका मानिसहरूले भने, “मजदूरहरूको बल घट्दैजाँदैछ, र कसिङ्गरहरू थुप्रै छन्। हामी आफैले कहिल्यै यस पर्खालको पुनर्निर्माण गर्न सक्नेछैनौं।”
11 हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउन वा देख्न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई खतम पारिदिनेछौं।”
12 तब उनीहरूका बीचमा बस्ने यहूदीहरू आए, र तिनीहरूले हामीलाई दशौँ पल्ट यसो भनेर चेताउनी दिए, “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्।”
13 त्यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्दा तल्ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्ने आदेश दिएँ।
14 तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान् र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।”
15 हामीलाई सबै कुरा थाहा भएछ, र परमेश्वरले उनीहरूको योजना विफल पार्नुभएछ भनी हाम्रा शत्रुहरूले सुने। तब हामी सबै फेरि पर्खालका निर्माणको काममा लाग्यौं।
16 त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरूचाहिँ निर्माण गर्ने काममा लागे र अर्को आधाचाहिँ आफ्ना भाला, ढाल, धनु र झिलम लाएर तयार भइरहे। र अधिकृतहरूचाहिँ पर्खालको काममा लागेका यहूदाका सबै मानिसहरूका पछाड़ि तैनाथ थिए।
17 भारी बोक्ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्नो हतियारमा हुन्थ्यो।
18 र निर्माण गर्नेहरू आफ्नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्नेचाहिँ मेरो छेउमा थियो।
19 तब मैले भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “काम ठूलो र फैलिएको छ, र हामीहरू पर्खालको छेउमा एक-अर्कादेखि निकै टाढ़ा छौं।
20 जहाँ तुरही बज्छ त्यहाँ हामीसित भेला होओ, र हाम्रा परमेश्वरले हाम्रा निम्ति युद्ध गर्नुहुनेछ।”
21 यसरी हामीले हाम्रो काम जारी राख्यौं। सूर्योदयदेखि सूर्यास्तसम्म आधा मानिसहरू भाला लिएर बसे।
22 त्यस बेला मैले मानिसहरूलाई यसो पनि भनें, “हाम्रा निम्ति राती रक्षा गर्न र दिनमा निर्माण काम गर्नलाई हरेक मानिस र त्यसको सहायकले यरूशलेममा नै रात बिताओस्”
23 म, मेरा भाइहरू, मेरा मानिसहरू र मसँग भएका अङ्गरक्षकहरू कसैले पनि आफ्ना लुगा फुकालेनौं। पानी खान जाँदा पनि हरेकको हातमा आफ्नो हतियार हुन्थ्यो।
Leave a Reply