चराहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चराहरू

भजनसंग्रह 104 : 12
12 तिनीहरूकै छेउछाउमा आकाशका चराहरूले आफ्‍नो गुँड़ बनाउँछन्‌, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्‌।

मत्ती 6 : 25 – 34
25 “यसैकारण म तिमीहरूलाई भन्‍दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्‍नो प्राणको निम्‍ति र ‘के लगाउँला’ भनी आफ्‍नो शरीरको निम्‍ति फिक्री नगर।’ के जीवन खानेकुराभन्‍दा र शरीर लुगाफाटाभन्‍दा उत्तम होइन?
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?
27 तिमीहरूमध्‍ये कुनचाहिँले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ी पनि थप्‍न सक्‍छ?
28 “अनि लुगाफाटाका निम्‍ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्‌दछन्‌। तिनले न परिश्रम गर्दछन्, न धागो कात्‍छन्‌।
29 तर म तिमीहरूलाई भन्‍दछु, सोलोमन राजा पनि आफ्‍ना सारा वैभवमा तिनीहरूमध्‍ये एउटा जति आभूषित थिएनन्‌।
30 आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्‍वरले यसरी पहिराउनुहुन्‍छ भने, ए अल्‍पविश्‍वासी हो, के तिमीहरूलाई झन्‌ बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
31 यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।
32 किनकि अन्‍यजातिहरूले यी सब थोक खोज्‍दछन्, र तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्‍नुहुन्‍छ।
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।
34 यसकारण भोलिको निम्‍ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्‍नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्‍ति पर्याप्‍त छ।”

मत्ती 6 : 26
26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?

यशैया 40 : 31
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

उत्‍पत्ति 1 : 20
20 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्‍त गरी भरिऊन्‌ र पक्षीहरूचाहिँ पृथ्‍वीमाथि आकाशमा उडून्‌।”

भजनसंग्रह 50 : 11
11 पर्वतहरूको प्रत्‍येक पक्षीलाई म चिन्‍छु, र भूमिका सबै प्राणीहरू मेरै हुन्‌।

लूका 12 : 24
24 कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्‍डार न ढुकुटी नै छ, तर पनि परमेश्‍वरले तिनलाई खुवाउनुहुन्‍छ। तिमीहरू चराचुरुङ्गीभन्‍दा ज्‍यादै बढ़ी मोलका छौ!

भजनसंग्रह 147 : 9
9 उहाँले भोकाएका पशुहरूलाई र कागका बचेराहरूलाई आहार दिनुहुन्‍छ।

उत्‍पत्ति 1 : 21
21 यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम-किसिमका सबै जीवित प्राणीहरू र जात-जातका पखेटा भएका सबै पक्षीहरू परमेश्‍वरले सृष्‍टि गर्नुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

मत्ती 10 : 29
29 के एक पैसामा दुई भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटा पनि तिमीहरूका पिताको इच्‍छाविना भूइँमा खस्‍नेछैन।

भजनसंग्रह 84 : 1 – 4
1 सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार कोरहवंशीको भजन [1] हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईंको वासस्‍थान कति मनोहर छ।
2 परमप्रभुका मन्‍दिरको निम्‍ति मेरो प्राण इच्‍छुक छ, र मूर्च्‍छै पनि पर्छ। मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्‍वरको पुकारा गर्दछ।
3 हे सर्वशक्तिमान्‌ परमप्रभु, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बसेरा पाउँछे, अनि गौँथलीले गुँड़ बनाउँछे, जहाँ आफ्‍ना बचेरोहरूलाई राख्‍छे।
4 तपाईंको वासस्‍थानमा बस्‍ने धन्‍यका हुन्‌, तिनीहरू सदैव तपाईंको प्रशंसा गर्छन्‌। सेला

हितोपदेश 27 : 8
8 आफ्‍नो गुँड़बाट भट्‌किएर निस्‍केको चराझैँ आफ्‍नो घरबाट भट्‌किएर निस्‍केको मानिस हुन्‍छ।

हितोपदेश 1 : 17
17 सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!

मत्ती 10 : 16
16 “हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।

मत्ती 3 : 16
16 अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो।

भजनसंग्रह 8 : 5 – 8
5 तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
6 आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ—
7 सबै भेड़ाबाख्रा र गाई-गोरु र वनका सबै पशुहरू,
8 आकाशका पक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौड़ने सबै जन्‍तुहरू।

भजनसंग्रह 91 : 1 – 16
1 जो परमप्रधानको शरणमा वास गर्दछ, त्‍यो मानिस सर्वशक्तिमान्‌को छत्रछायामुनि रहन्‍छ।
2 परमप्रभुको बारेमा म भन्‍नेछु, “उहाँ मेरो शरणस्‍थान र किल्‍ला हुनुहुन्‍छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा राख्‍तछु।”
3 निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
4 उहाँले तिमीलाई आफ्‍ना प्‍वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्‍वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ।
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
6 न त अन्‍धकारमा फैलिने रूढ़ीदेखि, न मध्‍यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ।
7 एक हजार जना तिम्रो नजिक लोट्‌लान्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्‍यो आउनेछैन।
8 तिमीले आफ्‍ना आँखाले मात्र त्‍यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ।
9 यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्‍थान बनायौ भने— परमप्रभुलाई, जो मेरो शरणस्‍थान हुनुहुन्‍छ—
10 तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्‍ना हात-हातै थाम्‍नेछन्‌, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्‌।
13 तिमीले सिंह र गोमनलाई कुल्‍चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैतालामुनि लतार्नेछौ।
14 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यसले मलाई प्रेम गरेको हुनाले, म त्‍यसलाई छुटाउनेछु। त्‍यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्‍यसको रक्षा गर्नेछु।
15 त्‍यसले मेरो पुकारा गर्नेछ, र म त्‍यसलाई उत्तर दिनेछु। त्‍यसका दु:खको घड़ीमा म त्‍यससँग हुनेछु, म त्‍यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछु।
16 लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

भजनसंग्रह 68 : 13
13 तिमीहरू आगोका धुनीका बीचमा सुत्‍दा पनि मेरो ढुकुरका पखेटाचाहिँ चाँदीले मोहोरिएका छन्‌, र त्‍यसका प्‍वाँखहरू चम्‍किलो सुनले मोहोरिएका छन्‌।”

भजनसंग्रह 104 : 17
17 त्‍यहाँ चराहरूले आफ्‍नो गुँड़ बनाउँछन्‌, सारसले चाहिँ सल्‍लाका रूखहरूमा आफ्‍नो घर बनाउँछ।

भजनसंग्रह 55 : 6
6 मैले भनें, “ढुकुरका जस्‍तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *