यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चट्टानहरू
भजनसंग्रह 18 : 2
2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़।
भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ।
२ शमूएल 22 : 32
32 किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र?
मत्ती 16 : 18
18 म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली [1] यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
प्रकाश 21 : 11
11 त्यसमा परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लौर स्फटिकजस्तो चहकिलो थियो।
१ शमूएल 2 : 2
2 “परमप्रभुबाहेक पवित्र अरू कोही छैन, तपाईंजस्तै अरू कोही छैन, हाम्रा परमेश्वरजस्तै अरू कुनै चट्टान छैन।
व्यवस्था 32 : 18
18 तिमीहरूलाई जन्माउने चट्टानलाई तिमीहरूले त्याग्यौ, तिमीहरूलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीहरूले बिर्स्यौ।
Leave a Reply