घोडा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घोडा

अय्‍यूब 39 : 25
25 तुरही बजेको सुनेर त्‍यसले भन्‍छ, ‘आहा!’ र टाढ़ैबाट त्‍यसले सेनापतिको आवाज र लड़ाइँको ध्‍वनि थाहा पाउँछ?

यर्मिया 4 : 13
13 हेर, बादलझैँ उहाँ अगि बढ्‌नुहुन्‍छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्, उहाँका घोड़ाहरू गरुडहरूभन्‍दा चाँड़ा छन्‌। हाय, हामीहरू, हामी नष्‍ट भयौं!

यशैया 5 : 28
28 तिनीहरूका काँड़हरू तीखा-तीखा छन्, र धनुमा ताँदो चढ़ाएका हुनेछन्‌। तिनीहरूका घोड़ाका टाप चकमक ढुङ्गाजस्‍तै, र तिनीहरूका रथका चक्‍काहरू आँधीबेहरीजस्‍तै हुनेछन्‌।

यर्मिया 8 : 16
16 शत्रुहरूका घोड़ाहरूका स्‍वाँ-स्‍वाँ गर्ने आवाज दानबाट सुनियो, उनीहरूका जवान घोड़ाहरूका हिनहिनाइको आवाज सुन्‍दा सारा देश नै काम्‍दछ। उनीहरूले देश र त्‍यसमा भएका सबै थोकलाई, सहर र त्‍यसमा बस्‍ने सबैलाई निलिहाल्‍न आएका छन्‌।”

भजनसंग्रह 33 : 17
17 घोडामाथि छुटकाराको आशा राख्‍नु व्‍यर्थ छ, त्‍यसको ठूलो ताकतले पनि बचाउन सक्‍दैन।

हितोपदेश 21 : 31
31 युद्धका दिनको लागि घोडा तयार पारिन्‍छ, तर विजयचाहिँ परमप्रभुकै हातमा हुन्‍छ।

प्रस्‍थान 14 : 9
9 तब मिश्रीहरू, अर्थात्‌ फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।

प्रस्‍थान 15 : 19
19 जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्‍याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।

१ राजाहरू 22 : 4
4 यसैले तिनले यहोशापातलाई सोधे, “रामोत-गिलादको विरुद्ध लड़ाइँ गर्न के तपाईं मसँग जानुहुन्‍छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्‍तै, मेरा घोड़ाहरू तपाईंकै घोड़ाहरूजस्‍तै हुन्‌।”

२ राजाहरू 18 : 23
23 “‘अब मेरा मालिक अश्‍शूरका राजासँग सौदा गर्नुहोस्‌। यदि सवार गर्नेहरू पाउन सक्‍नुहुन्‍छ भने म तपाईंलाई दुई हजार घोड़ाहरू दिनेछु।

यर्मिया 47 : 3
3 फट्‌केर कुद्‌ने घोड़ाहरूका टापको आवाजमा, शत्रुहरूका रथहरू वेगले कुदेका पाङ्‌ग्राहरूको हल्‍लामा मानिसहरू रुनेछन्‌ र देशमा बस्‍नेहरू सबैले विलाप गर्नेछन्‌। बुबाहरूले आफ्‍ना छोराछोरीहरूलाई सहायता गर्नेछैनन्‌। तिनीहरूका हातहरू लुला भएर झुण्‍डिन्‍छन्‌।

यर्मिया 51 : 21
21 तँद्वारा म घोड़ा र त्‍यसको सवारलाई टुक्रा-टुक्रा पार्छु।

यशैया 31 : 1
1 धिक्‍कार तिनीहरूलाई, जो मिश्रदेशमा सहायताको निम्‍ति जान्‍छन्, र घोड़ाहरूमा भर पर्दछन्, र तिनीहरूका असंख्‍य रथहरू र घोड़चढ़ीहरूको ठूलो शक्तिमा भरोसा गर्दछन्, तर तिनीहरूले इस्राएलका परमपवित्रतिर हेर्दैनन्‌ र परमप्रभुको सहायतालाई खोज्‍दैनन्‌।

व्यवस्था 17 : 16
16 ती राजाले असंख्‍य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्‍याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्‍यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ।

यहोशू 11 : 6
6 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा, किनकि भोलि यसै बेला उनीहरू सबैलाई मारेर म इस्राएलीहरूका हातमा सुम्‍पिदिनेछु। तैंले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटिदिनू, र उनीहरूका रथहरू आगोले जलाइदिनू।”

यहोशू 11 : 9
9 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम यहोशूले उनीहरूलाई गरे। तिनले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटे, र उनीहरूका रथहरू आगोमा जलाइदिए।

२ शमूएल 8 : 4
4 दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्‍नो निम्‍ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *