यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घोडचढी
प्रस्थान 14 : 23
23 मिश्रीहरू, फारोका घोड़ाहरू, उनका रथहरू र घोड़चढ़ीहरू तिनीहरूलाई खेदेर समुद्रभित्रै तिनीहरूका पछिपछि लागे।
१ शमूएल 13 : 5
5 पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न जम्मा भए। उनीहरूसित तीन हजार रथ र छ हजार रथ चालक तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्ती पैदल-सिपाहीहरू थिए। उनीहरूले उक्लेर बेथ-आवनको पूर्वतिर मिकमाशमा छाउनी हाले।
२ शमूएल 8 : 4
4 दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्नो निम्ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए।
१ राजाहरू 4 : 26
26 सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए।
२ इतिहास 8 : 6
6 तिनले बालात र तिनका भण्डार राख्ने सबै सहरहरू, र आफ्ना रथहरू र घोड़ाहरू राख्ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यभरि आफैले इच्छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए।
२ इतिहास 9 : 25
25 आफ्ना घोड़ा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए, अनि तिनका बाह्र हजार घोड़ाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिँ आफूसित यरूशलेममा राखे।
२ इतिहास 12 : 3
3 मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्य लिबियाली, सुक्किया र कूशीहरू पछि लागेका थिए।
यशैया 30 : 16
16 तिमीहरूले भन्यौ, ‘होइन, हामी त घोड़ामा चढ़ेर भाग्नेछौं’। यसैकारण तिमीहरूलाई भाग्नैपर्छ! तिमीहरूले भन्यौ, ‘हामी चाँड़ो दगुर्ने घोड़ाहरू चढ़ेर जानेछौं’। यसैकारण तिमीहरूलाई खेद्नेहरू चाँड़ो हुनेछन्।
यशैया 31 : 1
1 धिक्कार तिनीहरूलाई, जो मिश्रदेशमा सहायताको निम्ति जान्छन्, र घोड़ाहरूमा भर पर्दछन्, र तिनीहरूका असंख्य रथहरू र घोड़चढ़ीहरूको ठूलो शक्तिमा भरोसा गर्दछन्, तर तिनीहरूले इस्राएलका परमपवित्रतिर हेर्दैनन् र परमप्रभुको सहायतालाई खोज्दैनन्।
यर्मिया 4 : 29
29 घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्दाहरू भागेर जान्छन्, र तिनीहरूमध्ये कोही झाड़ीहरूमा पस्छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्लेर जान्छन्। सबै सहरहरू निर्जन भएका छन्, त्यहाँ कोही पनि बस्दैन।
जकरिया 10 : 5
5 तिनीहरू साथसाथै लड़ाइँमा आफ्ना शत्रुहरूलाई गल्लीको हिलोमा कुल्चीमिल्ची गर्ने शक्तिशाली मानिसझैँ हुनेछन्, किनभने परमप्रभु तिनीहरूसँग हुनुहुनेछ, तिनीहरूले लड़ाइँ गर्नेछन्, र घोड़ामा सवार हुनेहरूलाई पराजय गर्नेछन्।
प्रकाश 9 : 18
18 तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो।
Leave a Reply