घेराबन्दी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घेराबन्दी

व्यवस्था 20 : 12
12 तर उनीहरूले तिमीहरूसित शान्‍तिसम्‍बन्‍ध नराखेर लड़ाइँ गर्ने नै इच्‍छा गर्छन्‌ भने, त्‍यस सहरलाई घेर।

व्यवस्था 20 : 20
20 तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्‍न सक्‍छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्‍त नभएसम्‍म घेरा हाल्‍ने काममा ती प्रयोग गर्न सक्‍छौ।

यशैया 29 : 3
3 म तेरो चारैतिर छाउनी बनाउनेछु र धरहरा बनाएर तँलाई घेर्नेछु, र म तेरो विरुद्धमा घेरा हाल्‍ने काम गर्नेछु।

२ राजाहरू 6 : 29
29 तब हामीले मेरो छोरो पकाएर खायौं। भोलिपल्‍ट मैले त्‍यसलाई भनें, ‘आज खानलाई तिम्रो छोरो ल्‍याऊ,’ तर त्‍यसले त्‍यसलाई लुकाई।”

२ राजाहरू 25 : 3
3 चौथो महिनाको नवौँ दिनमा सहरमा यति चर्को अनिकाल पर्‍यो, कि मानिसहरूलाई केही खानेकुरा थिएन।

यशैया 9 : 20
20 दाहिनेपट्टि तिनीहरूले निल्‍नेछन्‌ र पनि भोकै हुनेछन्‌। तिनीहरूले देब्रेपट्टि खानेछन्, तरै पनि सन्‍तुष्‍ट हुनेछैनन्‌। हरेकले आफ्‍नै सन्‍तानको मासु खानेछ,

यशैया 36 : 12
12 तर युद्धका सेनापतिले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिककहाँ मात्र यी कुरा भन्‍न मलाई पठाउनुभएको हो र? के उहाँले मलाई पर्खालमा बस्‍ने मानिसहरूकहाँ पनि पठाउनुभएको होइन र— जसले तिमीहरूले जस्‍तै आफ्‍नै दिसा खानुपर्छ र आफ्‍नै पिसाब पिउनुपर्नेछ?”

यर्मिया 19 : 9
9 तिनीहरूका ज्‍यान लिन खोज्‍ने शत्रुहरूले लगाएको घेराको कष्‍टमा परेको बेला म तिनीहरूलाई तिनीहरूका आफ्‍ना छोराछोरीहरूको मासु खान लाउनेछु, र एउटाले अर्काको मासु पनि खानेछ’।

२ राजाहरू 6 : 29
29 तब हामीले मेरो छोरो पकाएर खायौं। भोलिपल्‍ट मैले त्‍यसलाई भनें, ‘आज खानलाई तिम्रो छोरो ल्‍याऊ,’ तर त्‍यसले त्‍यसलाई लुकाई।”

२ शमूएल 11 : 1
1 बसन्‍त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्‍कन्‍छन्, दाऊदले योआब र आफ्‍ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्‍मोनीहरूलाई ध्‍वंस पारे, र रब्‍बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे।

२ शमूएल 20 : 15
15 योआबको फौज आएर शेबालाई हाबिल-बेथ-माकामा घेर्‍यो, अनि एउटा घेरा-मचान बनायो, जो बाहिरी पर्खालको अगाड़ि थियो, र पर्खाल ढाल्‍नलाई तिनीहरूले त्‍यसमाथि प्रहार गर्न लागे।

१ राजाहरू 15 : 27
27 इस्‍साखारको घरानाका अहियाहका छोरा बाशाले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र नादाब र सबै इस्राएलले घेरिराखेको पलिश्‍तीहरूको सहर गिब्‍बतोनमा तिनलाई हिर्काएर मारे।

१ राजाहरू 16 : 17
17 तब ओम्री र तिनीसँग भएका जम्‍मै इस्राएलीहरू गिब्‍बतोनबाट हटेर तिर्सालाई घेरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *