यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घर आशीर्वाद
२ शमूएल 7 : 28 – 29
28 हे परमप्रभु परमेश्वर, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंका वचन विश्वासयोग्य छन्, अनि तपाईंले आफ्नो दाससँग यी उत्तम प्रतिज्ञाहरू गर्नुभएको छ।
29 यसैले अब आफ्नो दासको घरानालाई आशिष् दिनुहोस्, र त्यो तपाईंको नजर अगि रहिरहोस्। किनकि हे परमप्रभु परमेश्वर, तपाईंले बोल्नुभएको छ, र तपाईंका आशिष्द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष् पाउनेछ।”
भजनसंग्रह 122 : 7
7 तेरा पर्खालभित्र शान्ति होस्, र तेरा किल्लाहरूभित्र सुरक्षा।”
मत्ती 7 : 24
24 “यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।
गन्ती 6 : 24
24 परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्।
भजनसंग्रह 91 : 10 – 12
10 तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
11 किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ।
12 तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्।
भजनसंग्रह 121 : 7 – 8
7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।
व्यवस्था 6 : 4 – 9
4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
5 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर।
6 मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख।
7 ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।
8 ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख।
9 ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
भजनसंग्रह 127 : 1 – 5
1 यात्राको निम्ति सोलोमनको गीत [1] परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नुभए त, पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ।
2 भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ।
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्,
5 त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूल ढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्।
यशैया 41 : 10
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
व्यवस्था 28 : 3 – 8
3 तिमीहरूले सहरमा आशिष् पाउनेछौ, र गाउँ-बस्तीमा आशिष् पाउनेछौ।
4 तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन्।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
हाग्गै 2 : 7 – 9
7 म सबै जाति-जातिहरूलाई हल्लाउनेछु, र इच्छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
8 ‘चाँदी मेरै हो, र सुन पनि मेरै हो’ भनी परमप्रभु भन्नुहुन्छ।
9 ‘यस भवनका पछिको महिमा अघिको भन्दा अझ बढ्ता हुनेछ’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। ‘अनि यस ठाउँमा म शान्ति प्रदान गर्नेछु,’ सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ।”
यहोशू 24 : 15
15 तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”
भजनसंग्रह 121 : 1 – 8
1 यात्राको गीत [1] पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ?
2 स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
3 उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन।
4 साँच्ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्नुहुन्छ न सुत्नुहुन्छ।
5 परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ।
6 दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ।
7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।
हितोपदेश 24 : 3
3 बुद्धिले घर बनाइन्छ, र सुझबुझले त्यो स्थापित हुन्छ,
Leave a Reply