घर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घर

हितोपदेश 24 : 3
3 बुद्धिले घर बनाइन्‍छ, र सुझबुझले त्‍यो स्‍थापित हुन्‍छ,

प्रेरित 16 : 31
31 अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”

हिब्रू 3 : 4
4 किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्‍छ, तर सब थोक बनाउने त परमेश्‍वर नै हुनुहुन्‍छ।

व्यवस्था 20 : 5
5 तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्‍यो आफ्‍नो घरमा फर्केर जाओस्‌। त्‍यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्‍यसको घर अर्पण गर्नेछ।

हितोपदेश 24 : 4
4 ज्ञानद्वारा यसका कोठाहरू अति उत्‍कृष्‍ट र सुन्‍दर थोकहरूले भरिभराउ हुन्‍छन्‌।

यहोशू 24 : 15
15 तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”

यशैया 56 : 7
7 म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *