यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् घमण्डी आँखा
हितोपदेश 6 : 16 – 19
16 छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्:
17 अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
18 दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,
19 असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।
हितोपदेश 21 : 4
4 घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो!
हितोपदेश 27 : 2
2 तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्।
Leave a Reply