यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गोरु, वा गोरु
प्रस्थान 29 : 3
3 अनि ती डालोमा हालेर त्यो टोकरी, बाछा र ती दुवै भेड़ा ल्याउनू।
प्रस्थान 29 : 14
14 तर बाछाको मासु र त्यसको छाला र त्यसको गोबरचाहिँ छाउनीदेखि बाहिर आगोमा जलाउनू। त्यो पापबलि हो।”
प्रस्थान 29 : 36
36 प्रायश्चितको निम्ति पापबलिको साँढ़े दिनहुँ तैंले चढ़ाउनू। जब वेदीको लागि प्रायश्चित गर्लास्, तब पवित्र गर्नका निम्ति त्यसलाई अभिषेक गर्नू।
लेवीहरू 4 : 8
8 पापबलिका साँढ़ेको बोसोजति सबै तिनले त्यसबाट झिकून्, आन्द्रा-भुँड़ी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो,
लेवीहरू 4 : 16
16 त्यसपछि अभिषेक भएका पूजाहारीले त्यस साँढ़ेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याऊन्।
गन्ती 7 : 88
88 अनि मेल-बलिको निम्ति चाहिँ सबै पशुहरू गरी जम्मा चौबीस वटा साँढ़े, साठी वटा भेड़ा, साठी वटा बोका र साठी वटा एक वर्षे थुमा थिए। वेदीको अभिषेक भएपछि त्यसको अर्पण-कार्यको भेटी यही थियो।
गन्ती 28 : 31
31 नित्यको होमबलि र त्यसको अन्नबलिबाहेक तिमीहरूले तिनका अर्घ-बलि चढ़ाउनू। ती पशुहरूचाहिँ निष्खोट हुनुपर्छ’।”
१ शमूएल 14 : 14
14 पहिलो आक्रमणमा चार रोपनीको क्षेत्रमा जोनाथन र तिनका हतियार बोक्नेले उनीहरूका प्राय: बीस जनालाई मारे।
१ राजाहरू 19 : 19
19 यसैले एलिया त्यहाँबाट गए, र शाफातका छोरा एलीशालाई भेट्टाए। तिनी बाह्र हल गोरुहरूका साथ खेत जोतिरहेका थिए। तिनीचाहिँ तीमध्ये बाह्रौँ हललाई जोतिरहेका थिए। एलियाले गएर आफ्नो खास्टो तिनीमाथि ओढ़ाइदिए।
हितोपदेश 14 : 4
4 जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ।
यशैया 32 : 20
20 सबै पानी भएका ठाउँमा बीउ छर्ने र गाई-गोरु अनि गधाहरू चर्न दिने तिमीहरू कत्ति धन्यका हुनेछौ।
यर्मिया 31 : 18
18 “एफ्राइमको विलाप मैले निश्चय नै सुनें: ‘एउटा नसुध्रिएको बाछालाई झैँ तपाईंले मलाई अनुशासन गर्नुभयो, र म अनुशासित भएँ। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु। किनभने तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ।
व्यवस्था 25 : 4
4 दाइँ गर्दा गोरुलाई महला नलगाओ।
गन्ती 7 : 8
8 चार वटा गाड़ा र आठ वटा गोरु हारून पूजाहारीका छोरा ईतामारको अधीनमा काम गर्ने मरारीहरूलाई तिनीहरूको कामअनुसार तिनले दिए।
२ शमूएल 6 : 6
6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्जाहले आफ्नो हात बढ़ाएर परमेश्वरको सन्दूकलाई थामे।
प्रस्थान 21 : 36
36 तर त्यस गोरुको अघिदेखि नै हान्ने बानी छ भनेर थाहा भएर पनि त्यसको मालिकले त्यसलाई बाँधेर राखेको थिएन भने, त्यसले गोरुको सट्टामा गोरु देओस्, र त्यो मरेको पशुचाहिँ त्यसको नै होस्।”
प्रस्थान 22 : 10
10 “यदि कुनै मानिसले आफ्नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्न दियो, र त्यो कसैले नदेखीकन मर्यो अथवा त्यसलाई चोट लाग्यो वा त्यो खेदेर भगाइयो भने,
प्रस्थान 23 : 12
12 छ दिनसम्म आफ्नो कामकाज गर र सातौँ दिनमा चाहिँ विश्राम लेओ, र तिमीहरूको गोरु, गधा, तिम्रो घरमा जन्मेको दास, र विदेशी पनि ताजा होऊन्।
व्यवस्था 25 : 4
4 दाइँ गर्दा गोरुलाई महला नलगाओ।
१ कोरिन्थी 9 : 9
9 किनभने मोशाको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ?
१ तिमोथी 5 : 1 – 296
1 वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ। आफूभन्दा सानाहरूसँग भाइसमान व्यवहार गर।
2 वृद्ध स्त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रतासाथ बहिनीसमान व्यवहार गर।
3 जो साँच्चै नै विधवा हुन्, तिनलाई आदर गर।
4 कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन् भने, तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकून्, र आफ्ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।
5 तर जो साँच्चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्वरको आशा राख्तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्।
6 तर यदि तिनी सुख-विलासमा मस्त रहन्छिन् भनेता तिनी जीवित भएर पनि मरेकी तुल्य हुन्।
7 तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्।
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
9 साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।
10 साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।
11 तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढ़ा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्।
12 यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्।
13 त्यसबाहेक तिनीहरू घर-घर डुल्ने भई अल्छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्ने, बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्।
14 यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु,
15 किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्।
16 यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन्, र मण्डलीमाथि कुनै बोझ नपरोस्, र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्।
17 मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्।
18 किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।”
19 दुई वा तीन साक्षीको गवाहीबाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर।
20 पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ, र यसरी अरूहरू पनि डराउनेछन्।
21 परमेश्वर र ख्रीष्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।
22 कसैमाथि हात राख्ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।
23 अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
24 कुनै-कुनै मानिसका पापहरू त सोझै इन्साफमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्।
25 त्यसै गरी असल कामहरू त प्रत्यक्ष हुन्छन्, र जो प्रत्यक्ष छैनन्, ती पनि गुप्तमा रहन सक्दैनन्।
Leave a Reply