गेरा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गेरा

उत्‍पत्ति 46 : 21
21 बेन्‍यामीनका छोराहरू: बेला, बेकेर, अश्‍बेल, गेरा, नामान, एही, रोश, मुप्‍पीम, हुप्‍पीम र आर्द।

न्यायकर्ताहरू 3 : 15
15 फेरि तिनीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, र उहाँले एक जना मानिस, अर्थात्‌ बेन्‍यामीनी गेराका छोरा, देब्रे हात चल्‍ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्‍लोनकहाँ तिनीहरूको कर तिर्नलाई पठाए।

२ शमूएल 16 : 5
5 जब दाऊद राजा बहूरीममा आइपुगे तब त्‍यहाँ शाऊलका घरानाको एक जना मानिस, गेराको छोरो शिमी, निस्‍केर दाऊदलाई सराप्‍दैआयो।

२ शमूएल 19 : 16
16 बहूरीमका बेन्‍यामीनी गेराका छोरा शिमी दाऊद राजालाई भेट्‌नलाई हतार-हतार गरी यहूदाका मानिसहरू सँगसँगै गए।

२ शमूएल 19 : 18
18 जँघारमा पार गरेर तिनीहरूले राजाका घरानालाई तार्न लागे, र तिनको हुकुमअनुसार गर्ने उत्‍साह देखाए। गेराका छोरा शिमी यर्दन पार गरेपछि राजाको सामुन्‍ने घोप्‍टो परे,

१ राजाहरू 2 : 8
8 “अनि तिमीसँग भएको बहूरीमको बेन्‍यामीनी गेराको छोरो शिमीलाई याद राख्‍नू। म महनोममा गएको दिन त्‍यसले मलाई खूबै सरापेको थियो। जब त्‍यो यर्दन नदीमा मलाई भेट्‌न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ।

१ इतिहास 8 : 3
3 बेलाका छोराहरू: अद्दार, गेरा, अबीहूद,

१ इतिहास 8 : 5
5 गेरा, शपूपान र हुराम।

१ इतिहास 8 : 7
7 नामान, अहियाह र गेरा, जसले नै तिनीहरूलाई निर्वासनमा लगेका थिए। गेराचाहिँ उज्‍जा र अहीहूदका पिता थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *