गृहकार्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गृहकार्य

तीतस 2 : 5
5 र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।

हितोपदेश 31 : 15
15 तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्, र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।

१ तिमोथी 5 : 14
14 यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन्‌ भन्‍ने म चाहन्‍छु,

एफिसी 5 : 33
33 जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।

१ पत्रुस 3 : 1 – 5
1 पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ।
2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ।
3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌।
4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ।
5 किनकि यही किसिमले अघिअघि परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्‍ना पतिका अधीनमा बस्‍थे।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

१ तिमोथी 2 : 1 – 15
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
3 हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ।
4 सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ।
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।
6 उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।
7 यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्‍वास र सत्‍यतामा अन्‍यजातिहरूका निम्‍ति चाहिँ शिक्षक। म साँचो भन्‍दछु, म ढाँट्‌दिनँ।
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,
10 तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।
11 स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।
12 तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्‍यसपछि हव्‍वा।
14 आदम छलिएका होइनन्, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्‍वास, प्रेम र पवित्रतामा रहिन्‌ भने, बालक जन्‍ममा तिनी बचाइनेछिन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *