यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गीतहरू
भजनसंग्रह 28 : 7
7 परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ, र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु।
भजनसंग्रह 16 : 11
11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्थितिद्वारा तपाईंले आनन्दले मलाई गद्गद् पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ।
हितोपदेश 31 : 6 – 7
6 तिनीहरूलाई मदिरा देऊ जो नष्ट भइरहेका छन्, दाखमद्य त्यस्ताहरूलाई देऊ, जसलाई विरह चलेको छ।
7 तिनीहरूले पिऊन् र आफ्नो दरिद्रता भुलून्, र आफ्नो वेदना फेरि नसम्झून्।
भजनसंग्रह 40 : 3
3 उहाँले मेरा ओठमा एउटा नयाँ गीत राखिदिनुभयो, हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरैले यो देख्नेछन् र डराउनेछन्, र परमप्रभुमा भरोसा राख्नेछन्।
भजनसंग्रह 150 : 1 – 6
1 हल्लेलूयाह! [1] परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
2 उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
3 तुरही बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर!
4 खैँजड़ी र नाचका साथ उहाँको प्रशंसा गर। तार-वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर। गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
याकूब 5 : 13
13 के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
Leave a Reply