गिरगाशीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गिरगाशीहरू

उत्‍पत्ति 15 : 21
21 एमोरी, कनानी, गिर्गाशी र यबूसीहरूका देशहरू दिएको छु।”

व्यवस्था 7 : 1
1 जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असंख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ,

यहोशू 3 : 10
10 “जीवित परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्‍छ र उहाँले निश्‍चय नै तिमीहरूका सामुन्‍नेबाट कनानी, हित्ती, हिव्‍वी, परिज्‍जी, गिर्गाशी, एमोरी र यबूसीहरूलाई धपाउनुहुनेछ भन्‍ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ।

नहेम्‍याह 9 : 8
8 तिनी तपाईंप्रति विश्‍वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्‍तानलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्‍नुभयो। तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्‍छ।

यहोशू 24 : 11
11 “‘त्‍यसपछि तिमीहरू यर्दन तरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरू, एमोरी, परिज्‍जी, कनानी, हित्ती, गिर्गाशी, हिव्‍वी र यबूसीहरूले तिमीहरूसित लड़ाइँ गरे। तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्‍पिदिएँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *