गर्भपात

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गर्भपात

भजनसंग्रह 34 : 18 – 19
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।

रोमी 8 : 18
18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।

भजनसंग्रह 139 : 13 – 16
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।
15 जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

उपदेशक 11 : 5
5 जसरी तिमीले हावाको चाल कतातिर पुग्‍छ र आमाको गर्भमा शरीर कसरी बनिन्‍छ भनेर जान्‍दैनौ, त्‍यसरी नै सब थोक बनाउनुहुने परमेश्‍वरका हातको कामलाई तिमी बुझ्‍न सक्‍दैनौ।

मत्ती 18 : 14
14 यसरी नै स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्‍छा छ, कि यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट नहोस्‌।

यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

प्रस्‍थान 23 : 26
26 तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

भजनसंग्रह 147 : 3
3 उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ।

यशैया 49 : 15
15 “के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्‍छे र? आफूले जन्‍माएको बालकलाई के त्‍यसले टिठ्याउँदिनँ र? त्‍यसले बिर्सन पनि सक्‍छे, तर म त तँलाई बिर्सन सक्‍दिनँ।

रोमी 9 : 11
11 र जुम्‍ल्‍याहा बालकहरू जन्‍मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्‍वरका चुनाउको उद्देश्‍य ठहरिओस्‌ भनेर

भजनसंग्रह 139 : 16
16 तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।

यशैया 55 : 8 – 9
8 “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
9 जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌।

फिलेमोन 1 : 12
12 म तिनलाई, जो मेरो आफ्‍नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु।

मत्ती 18 : 10
10 “होशियार रहो, तिमीहरूले यी सानाहरूमध्‍ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गमा तिनीहरूका दूतहरूले स्‍वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्‍छन्‌।

यशैया 65 : 23
23 तिनीहरूले व्‍यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्‍ति बालकहरू जन्‍माउनेछैनन्‌। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष्‌ पाएका प्रजा हुनेछन्‌।

अय्‍यूब 1 : 21
21 र भूइँमा घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म आफ्‍नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्‍यको होस्‌।”

लूका 18 : 15 – 17
15 येशूले छोइदेऊन्‌ भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्‍याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्‍काए।
16 येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्‍वरको राज्‍य यस्‍तैहरूको हो।
17 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले एउटा बालकले जस्‍तै परमेश्‍वरको राज्‍यलाई ग्रहण गर्दैन, त्‍यो कुनै रीतिले त्‍यसभित्र प्रवेश गर्नेछैन।”

भजनसंग्रह 34 : 4
4 मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *