यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् गरिबको सेवा गर्दै
१ यूहन्ना 3 : 17 – 18
17 कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं।
हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
हितोपदेश 14 : 31
31 गरीबलाई थिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ताप्रति अवहेलना देखाउँछ, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ।
व्यवस्था 15 : 10 – 11
10 तिमीहरूले त्यसलाई निस्सङ्कोच दिनू, त्यसलाई दिँदा तिमीहरूको मनमा कष्ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्वरले सबै काममा र तिमीहरूले हात हाल्ने हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
11 देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।
यशैया 58 : 10
10 अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ।
मत्ती 25 : 31 – 46
31 “जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ।
32 र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेड़ा र बाख्रालाई छुट्ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ।
33 उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।
34 “तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर।
35 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ।
36 नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ। बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ। झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ।’
37 “तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?
38 कहिले हामीले तपाईंलाई परदेशी देख्यौं, र तपाईंलाई आश्रय दियौं? अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं?
39 र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं, र तपाईंकहाँ आयौं?’
40 “तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
42 किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ।
43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’
44 “तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, ‘प्रभु, कहिले हामीहरूले तपाईंलाई भोकाएको वा तिर्खाएको देख्यौं, परदेशी वा नाङ्गो वा बिरामी देख्यौं, वा झ्यालखानमा देख्यौं, र तपाईंको सेवा गरेनौं?’
45 “तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ।’
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।”
मत्ती 19 : 21
21 येशूले तिनलाई भन्नुभयो, “तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।”
लूका 14 : 12 – 14
12 अनि उहाँलाई निम्तो दिनेलाई पनि उहाँले भन्नुभयो, “तिमीले बिहान अथवा बेलुकीको भोज लगाउँदा, आफ्ना मित्रहरूलाई, आफ्ना दाजुभाइलाई वा तिम्रा कुटुम्बहरूलाई वा धनी छिमेकीहरूलाई निम्तो नदेऊ, नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्।
13 तर तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ,
14 र तिमीले आशिष् पाउनेछौ, किनकि तिनीहरूले तिम्रो गुण फर्काउन सक्दैनन्। तर मृत्युबाट धर्मीहरूको पुनरुत्थान हुँदा तिमीले यसको प्रतिफल पाउनेछौ।”
१ यूहन्ना 3 : 17
17 कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
याकूब 1 : 27
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
मीका 6 : 8
8 ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
हितोपदेश 22 : 9
9 उदार मानिसले आफै पनि आशिष् पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ।
लूका 4 : 16 – 21
16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा [2] सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो।
17 उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो:
18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति,
19 र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।”
20 उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो।
21 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।”
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
लूका 12 : 33
33 तिमीहरूको सम्पत्ति बेचेर दान देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र कीरा पनि लाग्दैन।
हितोपदेश 14 : 21
21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्यो मानिस धन्य हो, जसले दरिद्रलाई दया गर्छ।
मत्ती 6 : 1 – 4
1 “होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ।
2 “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
3 तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्।
4 तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
गलाती 2 : 10
10 केवल उनीहरूको यही इच्छा थियो, कि गरीबमाथि हाम्रो सम्झना रहोस्। त्यसो गर्न म पनि उत्सुक थिएँ।
Leave a Reply