ख्रीष्टको फिर्ती

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ख्रीष्टको फिर्ती

यूहन्‍ना 6 : 50 – 71
50 स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।
51 स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”
52 तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?”
53 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
54 मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु।
55 किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो।
56 मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु।
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58 स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।
60 यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?”
61 तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌ भनी जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यी कुरा तिमीहरूका निम्‍ति ठोकरको कारण भइरहेछ?
62 तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो?
63 जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌।
64 तर तिमीहरूमध्‍ये कति छन्, जसले विश्‍वास गर्दैनन्‌।” किनभने विश्‍वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो।
65 अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।”
66 यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े।
67 येशूले बाह्रैलाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌
69 र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्‍येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्‍करियोतको छोरो यहूदाको विषयमा भन्‍नुभएको थियो, किनभने बाह्रमध्‍ये एक जना भएर पनि त्‍यसले उहाँलाई धोका दिन आँटेको थियो।

प्रकाश 22 : 12
12 “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।

१ थेसलोनिकी 5 : 2
2 किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।

१ थेसलोनिकी 4 : 16
16 किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।

मत्ती 24 : 42 – 51
42 “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ।
43 तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन।
44 यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
45 “विश्‍वासी र बुद्धिमान्‌ नोकर को हो, जसलाई त्‍यसको मालिकले आफ्‍ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस्‌ भनी खटाएको हुन्‍छ?
46 त्‍यो नोकर धन्‍य हो, जसलाई मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ।
47 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मालिकले त्‍यसलाई आफ्‍नो सारा सम्‍पत्तिमाथि जिम्‍मेवार नियुक्त गर्नेछ।
48 तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,
49 आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्‌न र मतवालाहरूसँग खान र पिउन लाग्‍यो भने,
50 त्‍यस नोकरको मालिक त्‍यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्‍नेछ।
51 अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मत्ती 24 : 36
36 “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले।

हिब्रू 10 : 24 – 27
24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।
25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।
26 किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,
27 तर इन्‍साफको डरलाग्‍दो प्रतीक्षा र विरोधीहरूलाई भस्‍म गर्ने क्रोधको अग्‍नि मात्र रहनेछ।

प्रकाश 22 : 20
20 यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू।

रोमी 2 : 6 – 8
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।

१ थेसलोनिकी 4 : 16 – 17
16 किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।
17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।

हिब्रू 9 : 28
28 त्‍यसरी ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्‍ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्‍ट देखा पर्नुहुनेछ, पाप बोक्‍नका निम्‍ति होइन, तर उत्‍सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्‍ति।

२ पत्रुस 3 : 10
10 तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *