ख्रीष्ट केन्द्रित

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ख्रीष्ट केन्द्रित

भजनसंग्रह 28 : 7
7 परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्‍छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्‍लसित छ, र म भजनद्वारा उहाँलाई धन्‍यवाद चढ़ाउनेछु।

१ कोरिन्थी 11 : 1 – 2
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्‍टको अनुसरण गर्दछु।
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्‍झन्‍छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्‍तछौ।

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

रोमी 8 : 38 – 39
38 किनकि म यो पक्‍का गरी जान्‍दछु, कि मृत्‍युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले,
39 उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।

हिब्रू 13 : 8
8 येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।

मर्कूस 16 : 15 – 16
15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।
16 विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *