ouija बोर्डहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ouija बोर्डहरू

लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

लेवीहरू 20 : 6
6 “‘जुन मानिस झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर लागेर मलाई विश्‍वासघात गर्छ, त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गर्नेछु।

प्रकाश 20 : 1 – 15
1 त्‍यसपछि अतल कुण्‍डको साँचो र एउटा ठूलो साङ्‌लो हातमा लिएका एउटा स्‍वर्गदूत स्‍वर्गबाट ओर्लेर आएका मैले देखें।
2 तिनले त्‍यो अजिङ्गर, त्‍यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्‍यसलाई पक्रे, अनि एक हजार वर्षका निम्‍ति बाँधेर राखे।
3 तिनले त्‍यसलाई अतल कुण्‍डमा फालिदिए, र त्‍यो कुण्‍ड बन्‍द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्‍त्‍य नभएसम्‍म जाति-जातिहरूलाई त्‍यसले बहकाउन नपाओस्‌। त्‍यसपछि केही समयको निम्‍ति त्‍यसलाई फुक्‍का गरिनुपर्छ।
4 तब मैले सिंहासनहरू र त्‍यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्‍साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्‍ति र परमेश्‍वरका वचनको निम्‍ति शिर काटिएकाहरू, र त्‍यो पशु र त्‍यसका मूर्तिको पूजा नगर्नेहरू र त्‍यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्‍माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग एक हजार वर्षसम्‍म राज्‍य गरे।
5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो।
6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू धन्‍य र पवित्र हुन्‌। यिनीहरूलाई दोस्रो मृत्‍युको शक्तिले केही गर्न सक्‍दैन, तर तिनीहरू परमेश्‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्‍म राज्‍य गर्नेछन्‌।
7 एक हजार वर्ष बितेपछि शैतान त्‍यसको कैदबाट छोडिनेछ,
8 र पृथ्‍वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात्‌ गोग र मागोगलाई लड़ाइँको निम्‍ति भेला गर्न निस्‍केर आउनेछ। तिनका संख्‍या समुद्रका बालुवा जत्तिकै हुनेछ।
9 तिनीहरूले सारा पृथ्‍वीभरि गएर सन्‍तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्‍वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्‍म पार्‍यो।
10 तिनीहरूलाई बहकाउने त्‍यो दियाबलस आगो र गन्‍धकको कुण्‍डमा फालियो, जहाँ त्‍यो पशु र झूटो अगमवक्ता पनि थिए। त्‍यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्‍नेछन्‌।
11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।
12 मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्‍साफ भयो।
13 समुद्रले त्‍यसमा भएका मृतकहरू दिइहाल्‍यो, अनि मृत्‍यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्‍येकको आ-आफ्‍ना कामअनुसार इन्‍साफ भयो।
14 मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।
15 जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको भेट्टाइएन त्‍यो अग्‍नि-कुण्‍डमा फालियो।

लेवीहरू 20 : 27
27 “‘तिमीहरूमध्‍ये कुनै पुरुष वा स्‍त्रीले झाँक्री, बोक्‍सी वा जादू-मन्‍त्रको काम गर्‍यो भने त्‍यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्‌’।”

लेवीहरू 19 : 26
26 “‘तिमीहरूले कुनै पशु-पक्षी त्‍यसको रगतैसमेत नखानू। “‘तिमीहरूले शकून-अपशकून नमान्‍नू र टुनामुना नगर्नू।

व्यवस्था 18 : 10 – 12
10 आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌।
12 यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।

२ राजाहरू 21 : 6
6 तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *