खमिर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् खमिर

प्रस्‍थान 12 : 34
34 यसैले इस्राएलीहरूले आ-आफ्‍नो मुछेको पीठो खमिर हाल्‍न अघि नै उठाए, र तिनीहरूले आ-आफ्‍नो मुछ्‌ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले।

प्रस्‍थान 12 : 39
39 तिनीहरूले आफूसाथ मिश्रबाट ल्‍याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्‍यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्‍ना निम्‍ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्‌।

होशे 7 : 4
4 तिनीहरू सबै व्‍यभिचारी हुन्‌। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्‍दुरजस्‍तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्‍जेल मिलाउनुपर्दैन।

मत्ती 13 : 33
33 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलोग्राम पीठोमा मिसाई, र त्‍यो जम्‍मै खमिरले फुलिएर ठीक नभएसम्‍म त्‍यसलाई एक ठाउँमा राखी।”

लेवीहरू 7 : 13
13 त्‍यसले आफ्‍नो धन्‍यवादको मेलबलिसित खमिर हालेको रोटी पनि चढ़ाओस्‌।

आमोस 4 : 5
5 खमिर हालेको रोटी धन्‍यवाद बलि चढ़ाओ, र स्‍वेच्‍छा बलिका लागि धाक लगाउँदै हिँड़, तिनको कारणले घमण्‍ड गर, किनकि तिमी इस्राएली हौ, तिमीहरूलाई त्‍यसै गर्न मन पर्छ,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

लेवीहरू 23 : 17
17 तिमीहरूले आफ्‍नो घरदेखि एक पाथी मसिनो पीठोले बनाएका र खमिर मिलाएर पकाएका दुई वटा रोटी परमप्रभुको निम्‍ति अगौटे फलको बलि स्‍वरूप ल्‍याउनू।

लेवीहरू 2 : 11
11 “‘तिमीहरूले परमप्रभुको निम्‍ति चढ़ाउने कुनै पनि अन्‍नबलि खमिरले बनेको नहोस्, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिमा तिमीहरूले खमिर र मह नजलाउनू।

लेवीहरू 6 : 17
17 त्‍यो खमिरसित पकाउनुहुँदैन। आगोद्वारा चढ़ाइएका मेरा बलिहरूबाट तिनीहरूका भागको रूपमा मैले त्‍यो तिनीहरूलाई दिएको छु। पापबलि र दोषबलिझैँ त्‍यो पनि अति पवित्र हो।

लेवीहरू 10 : 12
12 मोशाले हारून र उनका बाँचेका छोराहरू, एलाजार र ईतामारलाई भने, “परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट बाँकी रहेको अन्‍नबलि लिएर वेदीनेर खमिरविना खाओ, किनभने त्‍यो अति पवित्र छ।

प्रस्‍थान 23 : 18
18 “मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ। मेरो निम्‍ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्‍म रहन नदेओ।

प्रस्‍थान 34 : 25
25 “मलाई चढ़ाइने बलिको रगत खमिर हालेको केही रोटीसित नचढ़ाउनू, र निस्‍तार-चाड़को बलिमध्‍येको केही पनि बिहानसम्‍म नछोड्‌नू।

प्रस्‍थान 12 : 20
20 तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानू।”

प्रस्‍थान 13 : 4
4 आबीब महिनाको आजकै दिनमा तिमीहरू निस्‍केर जाँदैछौ।

प्रस्‍थान 13 : 7
7 ती सात दिनसम्‍म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन।

प्रस्‍थान 23 : 18
18 “मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ। मेरो निम्‍ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्‍म रहन नदेओ।

प्रस्‍थान 23 : 18
18 “मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ। मेरो निम्‍ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्‍म रहन नदेओ।

प्रस्‍थान 34 : 25
25 “मलाई चढ़ाइने बलिको रगत खमिर हालेको केही रोटीसित नचढ़ाउनू, र निस्‍तार-चाड़को बलिमध्‍येको केही पनि बिहानसम्‍म नछोड्‌नू।

१ कोरिन्थी 5 : 8
8 यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।

मत्ती 16 : 12
12 तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ।

मर्कूस 8 : 15
15 येशूले चेलाहरूलाई यसो भनेर चेताउनी दिनुभयो, “तिमीहरू फरिसीहरूको खमिर र हेरोदको खमिरदेखि सतर्क रहो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *