क्षतिपूर्ति र क्षतिपूर्ति

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्षतिपूर्ति र क्षतिपूर्ति

प्रस्‍थान 21 : 19
19 र त्‍यो फेरि उठेर लाठीको भरले यताउता हिँड्‌डुल गर्ने भयो भने, त्‍यसलाई हिर्काउने मानिस निर्दोष ठहरिनेछ। तर त्‍यो पस्रिरहेको समयको खर्च हिर्काउने मानिसले देओस्, र त्‍यो पूरा निको नभएसम्‍म त्‍यसले त्‍यसको उपचार गरोस्‌।”

प्रस्‍थान 21 : 22
22 “यदि मानिसहरू आपसमा लड़न्‍त गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो, र महिना नपुगीकनै त्‍यसले बच्‍चा जन्‍माई तर स्‍त्रीलाई चाहिँ केही नोक्‍सानी भएन भने स्‍त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्‍ड चोट लगाउने मानिसले देओस्‌।

प्रस्‍थान 21 : 34
34 त्‍यो कूवाको मालिकले त्‍यसको क्षतिपूर्ति गरोस्‌। त्‍यसले गोरु कि गधाको मालिकलाई रुपियाँ दिओस्, र त्‍यो मरेको पशुचाहिँ त्‍यसकै होस्‌।

लेवीहरू 6 : 5
5 अथवा जुनसुकै कुरा जसको बारेमा त्‍यसले झूटा शपथ खाएको छ, त्‍यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्‍सा थपेर पूरा फर्काइदिनुपर्छ। त्‍यसले दोषबलि चढ़ाउने दिनैमा त्‍यो माल जसको हो, उसैलाई त्‍यसले दिनुपर्छ।

व्यवस्था 22 : 19
19 र इस्राएलको एक कन्‍यामाथि कलङ्क लगाएकोले त्‍यसले केटीको बुबालाई चाँदीका एक सय सिक्‍का [1] जरिमाना तिरोस्, र केटीचाहिँ त्‍यसकी पत्‍नी भइरहोस्‌। त्‍यो बाँचुञ्‍जेल त्‍यसले त्‍यस केटीलाई त्‍याग्‍न पाउनेछैन।

व्यवस्था 22 : 29
29 त्‍यस पुरुषले त्‍यस केटीको बुबालाई चाँदीका पचास सिक्‍का [2] दिनुपर्छ। त्‍यस पुरुषले त्‍यस केटीलाई बलात्‍कार गरेको हुनाले त्‍यसलाई आफ्‍नो पत्‍नी बनाउनुपर्छ, र त्‍यसलाई जीवनभरि त्‍याग्‍न पाउनेछैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *