यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् noah
उत्पत्ति 7 : 2
2 सबै जातका शुद्ध पशुहरूमध्येका सात जोड़ी, अर्थात् भाले र पोथी, र जुन-जुन शुद्ध छैनन् तिनीहरूमध्येका दुई, अर्थात् भाले र पोथी,
हिब्रू 11 : 7
7 विश्वासद्वारा नोआले त्यति बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।
उत्पत्ति 6 : 8
8 तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।
उत्पत्ति 9 : 20 – 27
20 माटोमा काम गर्ने नोआले दाखबारी लगाए।
21 जब तिनले दाखमद्य पिए, तब तिनी मात्तिए र आफ्नो पालभित्र नाङ्गै सुतिबसे।
22 कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखेर बाहिर आई आफ्ना दुवै दाजुहरूलाई बताइदिए।
23 तर शेम र येपेतले एउटा लुगा लिए, र दुवैले आफ्ना काँधमा हाले र पछिल्तिर सर्दै-सर्दै गएर तिनीहरूले आफ्ना पिताको नग्नता ढाकिदिए। तिनीहरूका मुख पछिल्तिर फर्केको हुनाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन्।
24 जब नोआलाई मद्यको निद्राले छोड्यो र तिनका कान्छा छोराले गरेको कुरा तिनले थाहा पाए,
25 तब तिनले भने, “श्रापित होस्, कनान, त्यो आफ्ना दाजुहरूका कमाराहरूको पनि कमारो हुनेछ।”
26 तिनले यसो पनि भने, “शेमका परमप्रभु धन्यका होऊन्, कनान त्यसको दास होस्।
27 परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।”
१ पत्रुस 3 : 20
20 ती आत्माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो। त्यस जहाजमा थोरै, अर्थात् आठ जना मात्र पानीद्वारा बचाइए।
उत्पत्ति 6 : 7
7 त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”
Leave a Reply