यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् क्रिस्चियनहरू जसले पाप गरिरहन्छन्
मत्ती 7 : 16 – 20
16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र?
17 त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
18 असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ।
19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।
20 यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ।
१ कोरिन्थी 6 : 9
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
रोमी 8 : 1
1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।
मत्ती 7 : 21 – 23
21 “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
22 त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
यूहन्ना 3 : 16 – 17
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
17 किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।
१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
यूहन्ना 20 : 19 – 24
19 त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
20 यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए।
21 तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।”
22 अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।
23 जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।
24 येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्।
यूहन्ना 6 : 67 – 71
67 येशूले बाह्रैलाई भन्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन्
69 र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।
मत्ती 9 : 6 – 8
6 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।”
7 अनि त्यो उठ्यो, र आफ्नो घरतिर लाग्यो।
8 जब भीड़ले यो देख्यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे।
हिब्रू 6 : 10
10 परमेश्वर अन्यायी हुनुहुन्न, र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ।
याकूब 2 : 26
26 जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।
२ थेसलोनिकी 3 : 6
6 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस।
मत्ती 17 : 11 – 13
11 उहाँले तिनीहरूलाई भन्नुभयो, “एलिया साँच्ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्याउनेछन्।
12 तर म तिमीहरूलाई भन्दछु, ‘एलिया अघि नै आएका छन्, अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्ट भोग्नुपर्नेछ।”
13 तब उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको हो भनी चेलाहरूले बुझे।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
Leave a Reply