यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कैद
उत्पत्ति 39 : 20
20 उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्यालखानमा लगेर हालिदिए। योसेफ त्यसरी झ्यालखानमा परे।
यर्मिया 38 : 6
6 यसैले तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको पानीको इनार, जो गारदको चोकमा थियो, त्यसमा डोरीले सुर्काएर हालिदिए। यस इनारमा पानी थिएन तर हिलो मात्र थियो। अनि यर्मिया त्यस हिलोमा भासिए।
मत्ती 11 : 2
2 यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए,
मत्ती 14 : 3
3 किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।
प्रेरित 5 : 18
18 र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्यालखानमा हालिदिए।
प्रेरित 16 : 24
24 यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।
प्रेरित 12 : 4
4 हेरोदले पत्रुसलाई गिरफ्तार गरेर झ्यालखानमा हालिदिए, र निस्तारचाड़पछि तिनलाई जनताका सामने ल्याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्मा लाइदिए।
मत्ती 5 : 26
26 साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ।
Leave a Reply