यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कृतज्ञ हुनु
१ थेसलोनिकी 5 : 18
18 सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
हिब्रू 12 : 28
28 यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोग्य हुने आराधना चढ़ाऔं।
भजनसंग्रह 118 : 1 – 18
1 परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्छ, र उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
2 इस्राएलले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
3 हारूनको वंशले भनोस्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
4 परमप्रभुको भय मान्नेहरूले भनून्, “उहाँको करुणा सदासर्वदा रहिरहन्छ।”
5 मनको वेदनामा मैले परमप्रभुलाई पुकारें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मुक्त गर्नुभयो।
6 परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्छ र?
7 परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु।
8 परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
9 परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ।
10 सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
11 तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
12 तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें।
13 म बलपूर्वक पछाडि घचेटिएँ र लड्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
14 परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्छ, र उहाँ मेरो उद्धार हुनुभएको छ।
15 धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्जन हुन्छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
16 परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।”
17 म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।
18 परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्युको वशमा सुम्पनुभएको छैन।
२ तिमोथी 1 : 7
7 किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।
१ यूहन्ना 4 : 7
7 प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ।
एफिसी 2 : 8
8 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो—
एफिसी 5 : 1 – 33
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ।
2 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।
3 तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन।
4 कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्। तर बरु धन्यवाद दिने काम होस्।
5 किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।
6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ।
7 यसकारण तिनीहरूसँग सहभागी नहोओ,
8 किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर,
9 किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै ज्योतिको फल पाइन्छ,
10 र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर।
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
12 किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूका विषयमा भन्नु पनि शर्मको कुरो हो।
13 तर ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ। त्यो कुरा, जो प्रष्टै देखिन्छ, त्यो ज्योति हो।
14 यसैले यस्तो भनिएको छ: “ए निद्रामा परेकाहरू, जाग र मरेकाहरूबाट उठ, र ख्रीष्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ।”
15 यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै
20 सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।
21 ख्रीष्टको श्रद्धामा एक-अर्काको अधीनमा बस।
22 पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।
23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ।
24 जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।
25 पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो,
26 यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून,
27 र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।
28 त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्ना आमा-बुबालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
32 यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।
33 जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।
याकूब 4 : 6
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, “परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
हिब्रू 11 : 6
6 विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।
लूका 7 : 36 – 50
36 फरिसीहरूमध्ये एक जनाले उहाँलाई भोजन गर्न निम्तो दिए, र उहाँ त्यस फरिसीको घरमा गएर खान बस्नुभयो।
37 त्यस सहरमा एउटी पापी स्त्री थिई। फरिसीको घरमा येशू खान बस्नुभएको छ भन्ने सुनेर, र एउटा सिङ्गमरमरको शीशीमा अत्तर लिएर त्यो त्यहाँ आई,
38 र पछिल्तिरबाट उहाँका पाउनेर उभिएर, रुँदै उहाँका पाउ आँसुले भिजाउन लागी, र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरी, र त्यो अत्तर घस्न लागी।
39 उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।”
40 येशूले त्यस फरिसीलाई भन्नुभयो, “ए सिमोन, तिमीलाई केही भन्नु छ।” तिनले भने, “गुरुज्यू, भन्नुहोस्।”
41 “कोही साहूकारका दुई ऋणीहरू थिए, एउटाले पाँच सय रुपियाँ र अर्काले पचास रुपियाँ ऋण लिएका थिए।
42 तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुनचाहिँले तिनलाई बढ़ी प्रेम गर्नेछ?”
43 सिमोनले भने, “म ठान्छु, जसले बढ़ी क्षमा पायो।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीकै विचार गरेका छौ।”
44 अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्ना केशले पुछी।
45 तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्बन गर्न छोड़ेकी छैन।
46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे।
47 यसकारण म तिमीलाई भन्दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।”
48 अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रा पाप क्षमा भएका छन्।”
49 खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?”
50 उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसाथ जाऊ।”
२ तिमोथी 4 : 3
3 किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,
Leave a Reply