कुचल्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कुचल्छ

२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख।

१ कोरिन्थी 13 : 4 – 7
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।

१ कोरिन्थी 7 : 9
9 तर तिनीहरूले आफूलाई वशमा राख्‍न सक्‍दैनन्‌ भने तिनीहरूले विवाह गरून्‌। किनभने कामवासनामा जल्‍नुभन्‍दा विवाह गर्नु असल हो।

लूका 12 : 25 – 26
25 तिमीहरूमध्‍ये कसले फिक्री गरेर आफ्‍नो आयुमा एक घड़ीसम्‍म पनि थप्‍न सक्‍छ?
26 यसकारण तिमीहरू त्‍यतिको सानो काम पनि गर्न सक्‍दैनौ भने, अरू कुराको चिन्‍ता किन गर्दछौ?

यूहन्‍ना 5 : 30
30 “म आफै केही गर्न सक्‍दिनँ। जस्‍तो म सुन्‍छु, त्‍यस्‍तै न्‍याय म गर्छु, र मेरो न्‍याय ठीक ठहर्छ, किनकि म आफ्‍नो इच्‍छा खोज्‍दिनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा खोज्‍दछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *