यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कालेब
गन्ती 14 : 30
30 अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्ति दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन।
गन्ती 14 : 38
38 देशको भेद लिन जाने मानिसहरूमध्ये खालि नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे।
गन्ती 26 : 65
65 किनभने “तिनीहरू उजाड़-स्थानमा नै मर्नेछन्” भनी परमप्रभुले भन्नुभएको थियो। यपुन्नेको छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिनीहरूमध्येको एउटै मानिस पनि जीवित थिएन।
गन्ती 32 : 13
13 इस्राएलीहरूसँग परमप्रभु क्रोधित हुनुभयो, र परमप्रभुको दृष्टिमा दुष्टता गर्ने पुस्ताका जम्मै नष्ट नहोउञ्जेल चालीस वर्षसम्म उहाँले तिनीहरूलाई उजाड़-स्थानमा यताउता डुलाउनुभयो।
व्यवस्था 1 : 36
36 यपुन्नेको छोरो कालेबले मात्र त्यो देश देख्न पाउनेछ। त्यसले टेकेको भूमि म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु, किनकि त्यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।”
यहोशू 14 : 15
15 हेब्रोनको नाउँ पहिले किर्यत-अर्बा थियो। यही अर्बा अनाकीहरूमध्ये सबैभन्दा महान् पुरुष थिए। तब त्यस देशलाई लड़ाइँबाट विश्राम मिल्यो।
गन्ती 13 : 6
6 यहूदाको कुलबाट यपुन्नेका छोरा कालेब,
गन्ती 13 : 30
30 तब कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी तुरुन्त त्यहाँ गएर त्यो देश कब्जा गरौं, किनभने त्यो हामी अवश्य जित्न सक्छौं।”
गन्ती 14 : 9
9 केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्छ। उनीहरूसित नडराओ।”
गन्ती 34 : 19
19 तिनीहरूका नाउँ यस प्रकार छन्: यहूदाको कुलका, यपुन्नेको छोरो कालेब
गन्ती 14 : 12
12 यिनीहरूलाई म रूढ़ीले नाश गर्नेछु, तर तँबाटै यिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।”
न्यायकर्ताहरू 1 : 12
12 अनि कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ, त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु।”
यहोशू 14 : 10
10 “अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्यो, र आफ्नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु।
यहोशू 14 : 15
15 हेब्रोनको नाउँ पहिले किर्यत-अर्बा थियो। यही अर्बा अनाकीहरूमध्ये सबैभन्दा महान् पुरुष थिए। तब त्यस देशलाई लड़ाइँबाट विश्राम मिल्यो।
यहोशू 15 : 16
16 कालेबले भने, “जसले किर्यत-सेपेरलाई जितेर त्यसलाई कब्जा गर्छ त्यसैलाई म मेरी छोरी अक्सा विवाह गरिदिनेछु।”
१ इतिहास 4 : 15
15 यपुन्नेका छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम। एलाहका छोरा: कनज।
Leave a Reply