कान छेड्ने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कान छेड्ने

इजकिएल 16 : 12
12 मैले तेरो नाकमा नत्‍थ लगाइदिएँ र कानमा लुर्का लगाइदिएँ, तेरो शिरमा सुन्‍दर शिरपेच लगाइदिएँ।

लेवीहरू 19 : 28
28 “‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।

व्यवस्था 15 : 17
17 एउटा सुतारो लिएर त्‍यसको कानको लोती ढोकामा लगाएर छेड्‌नू, र त्‍यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्‍नी कमारीलाई पनि त्‍यसै गर्नू।

प्रस्‍थान 21 : 6
6 त्‍यसको मालिकले त्‍यसलाई न्‍यायकर्ताहरूकहाँ ल्‍याओस्, र त्‍यसलाई ढोका कि ढोकाको सँघारमा ल्‍याएर त्‍यसको कान सुतारोले छेड़ोस्‌। त्‍यसपछि त्‍यो आजीवन मालिकको नोकर हुनेछ।

१ यूहन्‍ना 2 : 15 – 16
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।

१ तिमोथी 2 : 9
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

प्रस्‍थान 21 : 5 – 6
5 “तर यदि त्‍यस कमाराले स्पष्टसँग, मलाई मेरा पत्‍नी र छोराछोरीहरूको माया लाग्‍छ, म स्‍वतन्‍त्र हुन चाहन्‍नँ भन्‍यो भने,
6 त्‍यसको मालिकले त्‍यसलाई न्‍यायकर्ताहरूकहाँ ल्‍याओस्, र त्‍यसलाई ढोका कि ढोकाको सँघारमा ल्‍याएर त्‍यसको कान सुतारोले छेड़ोस्‌। त्‍यसपछि त्‍यो आजीवन मालिकको नोकर हुनेछ।

गन्ती 31 : 50
50 यसकारण हामी प्रत्‍येकले पाएका सुनका गहना— बाजू, बाला, छाप औँठी, कुण्‍डल र सिक्रीहरू— परमप्रभुलाई चढ़ाएर हाम्रो प्रायश्‍चित गर्न हामीले ल्‍याएका छौं।”

१ कोरिन्थी 6 : 20
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

न्यायकर्ताहरू 8 : 24
24 अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्‍छु। तिमीहरू हरेकले आफ्‍नो लूटको मालबाट एउटा कुण्‍डल मलाई देओ।” ती शत्रु इश्‍माएलीहरूका बीचमा सुनका कुण्‍डल लगाउने चलन थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *