कर्मचारीहरु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कर्मचारीहरु

कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

हितोपदेश 22 : 16
16 आफ्‍नो सम्‍पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्‍यक्ति दरिद्र बन्‍छन्‌।

रोमी 4 : 4
4 अब काम गर्नेले जुन ज्‍याला पाउँछ त्‍यो दान होइन, तर त्‍यो उसको पाउने हक हो।

याकूब 5 : 4
4 जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्‍याला नै कराउँछ, र ती बाली काट्‌नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्‍मै पुगेको छ।

कलस्सी 3 : 22 – 25
22 कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।
25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।

एफिसी 6 : 5 – 9
5 कमारा हो, डर र कम्‍पसाथ साँचो हृदयले ख्रीष्‍टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।
6 मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर।
7 मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,
8 यो जानेर कि चाहे त्‍यो कमारा होस्, चाहे फुक्‍का, जसले असल काम गर्दछ, त्‍यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।
9 मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।

यूहन्‍ना 10 : 12
12 भाडाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र ब्‍वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्‍छ, र तितरबितर पारिदिन्‍छ।

कलस्सी 4 : 1
1 मालिक हो, तिमीहरूका पनि स्‍वर्गमा मालिक हुनुहुन्‍छ भन्‍ने जानेर आफ्‍ना कमाराहरूसँग न्‍यायसङ्गत र उचित व्‍यवहार गर।

हितोपदेश 11 : 1
1 छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

लेवीहरू 19 : 13
13 “‘तिमीहरूले आफ्‍नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्‍यसलाई नलुट्‌नू। “‘ज्‍यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्‌।

मलाकी 3 : 5
5 “यसैले म न्‍याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू र झूटो गवाही बक्‍नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्‍यालामा ठग्‍नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्‍याचार गर्नेहरू, विदेशीलाई न्‍याय नगरिदिनेहरू, र मेरो डर नमान्‍नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

हितोपदेश 25 : 13
13 कटनीको बेला हिउँको शीतलताझैँ विश्‍वास योग्य‍ दूत त्‍यसलाई पठाउनेहरूका निम्‍ति हुन्‍छ। आफ्‍ना मालिकको आत्‍मालाई त्‍यसले ताजा गराउँछ।

मत्ती 10 : 10
10 यात्राको निम्‍ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ।

१ तिमोथी 5 : 18
18 किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

यूहन्‍ना 10 : 13
13 त्‍यो भाग्‍छ, किनभने त्‍यो भाडाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *