कराउँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कराउँदै

प्रकाश 5 : 12 – 14
12 तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।”
13 अनि स्‍वर्गमा, पृथ्‍वीमा, पृथ्‍वीमुनि, समुद्र र त्‍यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्‍तुति, सम्‍मान, महिमा, र सामर्थ्‍य सदासर्वदा होस्‌।”
14 तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्‍टो परेर दण्‍डवत्‌ गरे।

यशैया 12 : 6
6 हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ, र आनन्‍दले गाओ, किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान्‌ हुनुहुन्‍छ।”

लूका 19 : 37 – 41
37 उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्‍नुहुँदा चेलाहरूको समस्‍त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्‍ति रमाउँदै, परमेश्‍वरको प्रशंसा गर्दै उच्‍च सोरले कराउन लागे,
38 “परमप्रभुको नाउँमा आउने राजा धन्‍य हुन्‌। स्‍वर्गमा शान्‍ति र परमधाममा महिमा।”
39 अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्‍काउनुहोस्‌।”
40 तर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्‌।”
41 जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो,

लूका 17 : 15
15 तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो,

एज्रा 3 : 11 – 13
11 तिनीहरूले स्‍तुति गर्दै र परमप्रभुलाई धन्‍यवाद दिँदै यसो भनेर गाए, उहाँ असल हुनुहुन्‍छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्‍छ।” अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्‍तुति गरे।
12 तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्‍दले जयजयकार गरे।
13 आनन्‍दले कराएको सोर र रोएको सोर कसैले ठम्‍याउन सकेन, किनभने मानिसहरूले कराएको सोर चर्को थियो। त्‍यो आवाज टाढ़ा-टाढ़ासम्‍म पनि सुनिन्‍थ्‍यो।

भजनसंग्रह 98 : 4
4 हे सारा पृथ्‍वी, आनन्‍दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर।

सपन्‍याह 3 : 14 – 15
14 हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सारेले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्‍पूर्ण हृदयले रमाहट गर्‌!
15 तेरो दण्‍ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्‍छ। अब उप्रान्‍त तैंले कुनै खराबीको डर मान्‍नुपर्दैन।

भजनसंग्रह 5 : 11
11 तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्‌, र तिनीहरू सधैँ हर्षले गाऊन्‌। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्‌, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्‍दित होऊन्‌।

२ इतिहास 15 : 12 – 14
12 तिनीहरूले आफ्‍ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोज्‍न करार बाँधे।
13 अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने सबै ठूला र साना, स्‍त्री र पुरुषलाई मार्ने तिनीहरूले निश्‍चय गरे।
14 ठूलो सोरले चिच्‍च्‍याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्‍वयम्‌ परमप्रभुको शपथ खाएर बाचा बाँधे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *